गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्छ : नेता सिटौला

इकागज | साउन १५, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्ने बताएका छन् ।

परिवर्तन अभियान नेपालको प्रथम स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले संविधानको सफल कार्यान्वयन गर्नका लागि कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारमा सहकार्य गरेको धारणा राखे । 

नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सिटौलाले लामो समयदेखिको अस्थिर राजनीतिलाई स्थिरता प्रदान गरी सरकारको स्थायित्व र विकासका काम गर्ने प्रतिबद्धतासहित सहकार्य भएकाले सरकारमाथि शङ्का गर्ने ठाउँ नरहेको जिकिर गरे । 

कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँले मुलुकको विकासका लागि वर्तमान गठबन्धन बनेकाले सोहीअनुसार काम गर्न आवश्यक रहेको बताए  ।

परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले युवाहरू दलगत स्वार्थभन्दा माथि उठेर समाज रूपान्तरणको क्षेत्रमा लाग्नुपर्ने आवश्यकतामा जोड दिए ।

कार्यक्रममा सामाजिक क्षेत्रमा सक्रिय केपी खनाल, अमृत तिवारी, यादव खनाल, अनुप रोशन स्थापितलगायतलाई सम्मान गरिएको थियो ।

माओवादीको निष्कर्ष : गठबन्धन गरेर चुनावमा जाँदा विचार, राजनीतिक कार्यदिशा ओझेलमा पर्‍यो

इकागज | साउन १५, २०८१

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले आगामी निर्वाचनमा एक्लै चुनाव लड्नुपर्ने निष्कर्ष निकालेको छ । म...

मैले नै महिलाहरूलाई नेपाली सेनामा भर्ती गर्ने प्रचलनको सुरुवात गरेको हुँ : माधव नेपाल

इकागज | साउन १५, २०८१

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको विकासमा युवाहरूको भूमिका ...

मुलुकको विकासका लागि दुई ठूला पार्टी मिल्नुको विकल्प छैन : महासचिव पोखरेल

इकागज | साउन १५, २०८१

देउखुरी (दाङ)- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोख्रेलले संसद्का दुई ठूला दल मिल्न...

कम्युनिस्ट पार्टी एकताको प्रहसन अब दोहोरिदैंन : महासचिव पोखरेल (भिडियो)

इकागज | साउन १५, २०८१

काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहरिने बताएका छन् ...

कोशीमा मन्त्री छान्‍न कांग्रेसभित्र सकस, प्रदेशले दियो केन्द्रलाई अधिकार

इकागज | साउन १५, २०८१

विराटनगर - नेपाली कांग्रेसलाई कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री छान्न सकस परेको छ । आकां...

माओवादी केन्द्र पदाधिकारी बैठक : अध्यक्ष दाहालले भोलि जवाफ दिने

इकागज | साउन १४, २०८१

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा नेताहरूले आफ्...