प्रधानमन्त्री ओलीले सञ्‍चारमन्त्री गुरुङलाई किन सचेत गराए ?

इकागज | भदौ १७, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाई सचेत गराएका छन् ।

मन्त्री गुरुङले गत शनिबार पोखरामा दिएको अभिव्यक्तिलाई लिएर सार्वजनिक रुपमा आलोचना भएपछि प्रधानमन्त्री ओलीले सचेत गराएका हुन् ।

शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रहरी समायोजन सम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।

मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा शब्द चयनमा ध्यान दिन सचेत गराएका थिए । 

मन्त्री गुरुङले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूलाई प्रधानमन्त्री ओलीले सचेत गराएको स्पष्ट गरेका हुन् ।

उनले भने- मेरो मन्त्रालयको र केही राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउनुपर्ने थियो गराएँ,  त्यही क्रममा प्रधानमन्त्रीले पोखरामा बोलेको विषयको सन्दर्भबारे सोध्नुभयो । मैले जानकारी गराए ।'

भाषा प्रयोग गर्दा सचेत हुनुपर्ने आफूले पनि महसुस गरेको मन्त्री गुरुङले बताए ।

माधव नेपाल किन गए रुस ?

इकागज | भदौ १७, २०८१

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रुसतर्फ प्रस्थान गरेका छन् । अध्यक्ष आइतब...

महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन

इकागज | भदौ १६, २०८१

काठमाडौँ- डा. मुकुन्द ढकालले आफुमाथि गरिएको कारबाहीबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पुनरावेदनक...

मलाई नेतृत्वबाट यताउता गर्न पाउनुहुन्‍न भन्ने कायकर्ता पङ्क्तिको प्रेसर छ :  अध्यक्ष प्रचण्ड

इकागज | भदौ १६, २०८१

बाँके - नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्र...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, महामन्त्रीद्वयको प्रस्तावमा छलफल हुने

इकागज | भदौ १६, २०८१

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । यहि भदौ ११ गते बस्ने भनिएको बैठक आज दि...