आगामी निर्वाचनमा एक्लै लड्ने कांग्रेस बनाउनुपर्छ : नेता कोइराला

इकागज | बैशाख १५, २०८०

मोरङ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नेगरी पार्टी निर्माण गर्नुपर्ने बताएका छन् ।

कांग्रेस मोरङ प्रदेश क्षेत्र नं ५ (२), ६(२) र महानगर समितिको प्रदेश क्षेत्र एवं महानगर संयुक्त सम्मेलनको आज साँझ उद्घाटन गर्दै उनले त्यसको लागि मुलुकभरि सङ्गठन मजबुत गरी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन एक्लै लड्ने गरी अगाडि बढ्नु जरुरी रहेको धारणा राखे ।

उनले आजदेखि आफू जनता एवं पार्टीका साथीसँग जोडिने प्रण गर्छु भन्दै देशभरिका जनताका प्रत्येक सुख दुःखमा साथमा रहेमा कांग्रेसलाई पुरानो अवस्थामा ल्याउने दाबी गरे । नेता डा कोइरालाले हालैसम्म उपनिर्वाचनले कांग्रेसलाई धेरै पाठ सिकाएको उल्लेख गर्दै पार्टीका कमीकमजोरीलाई सुधार गर्दै लाग्नुपर्ने आवश्यकता औँल्याए ।

उनले अयोग्य लडाकुलाई आजको आर्थिक अवस्थामा रकम होइन रोजगारी दिनुपर्ने बताउँदै मुलुकको वर्तमान अवस्थामा शिक्षक कर्मचारीलाई पेन्सन नपाइरहेको एवं ऋण लिएर कर्मचारीलाई तलब खुवाउने अवस्थामा रु दुई लाख दिने निर्णय गलत भएको विचार राखे । 

सम्मेलनमा महानगरका अध्यक्ष दीपक चापागाईं, केन्द्रीय सदस्यहरू रुक्मणि कोइराला, मधु आचार्य र अमृत अर्याल, प्रदेशसभा सदस्य केदार कार्की, शोभा कोइरालालगायतले मुलुकमा सुशासन र जनताको सेवा प्रवाहमा लाग्न नेता एवं कार्यकर्तालाई आग्रह गरे ।

'साम्प्रदायिक विद्वेष फैलाउने प्रधानमन्त्री दाहालले सार्वजनिक रूपमा माफी माग्नुपर्छ'

इकागज | बैशाख १५, २०८०

काठमाडौँ-  नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ...

'प्रधानमन्त्री दाहालले कोशी प्रदेश नामकरण गर्न सहमति दिएपछि पुनः फिर्ता लिनु गैरजिम्मेवारीपन'

इकागज | बैशाख १५, २०८०

काठमाडौँ- नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रच...

'संसद् छलेर अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णय आपत्तिजनक'

इकागज | बैशाख १५, २०८०

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले माओवादी अयोग्य लडाकुलाई २/२ ...

पार्टीका भ्रातृ संगठनविरुद्ध विद्रोह गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी

इकागज | बैशाख १५, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले राजनीतिक दलका भ्रातृ संगठनविरुद्ध विद्र...

बुढ्यौलीको बिमारलाई लिएर राष्ट्रपतिको वैदेशिक उपचार यात्रा अस्वाभाविक : राजेन्द्र लिङ्देन

इकागज | बैशाख १५, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बुढ्यौलीमा लाग्ने सामान्य बिमारल...

युवा संघले भन्यो : अयोग्य लडाकुको नाममा कार्यकर्ता पोस्‍नुभन्दा युवा सीप बैंक बनाऊ

इकागज | बैशाख १५, २०८०

काठमाडौँ- अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको तयारीविरुद्ध राष्ट्रिय युवा संघले अर्थमन्त्रीलाई ज्ञापनपत्र...