प्रदेश सरकारहरूको नेतृत्वमा आलोपालो गर्नुपर्छ : माधव नेपाल

इकागज | बैशाख १५, २०८०

काठमाडौँ - नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा आलोपालो हुने बताएका छन् । शुक्रबार समाजवादी प्रेस संगठन नेपाल धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा दलहरूबीच आलोपालो हुने बताएका हुन् । प्रदेश सरकारहरू धमाधम परिवर्तन हुन थालेका भन्दै एकीकृत समाजवादी पनि प्रदेश सरकारमा सामेल हुने उनको भनाइ छ । 

उनले जनमत नै मिलेर सरकार बनाउने रहेको उल्लेख गर्दै पार्टीको संख्यात्मक कुरालाई ध्यानमा राखी गठबन्धनका दलहरूबीच बाँडफाँट हुने बताए । कुनै एक दलको बहुमत नरहेकाले सरकार निर्माणमा अन्य पार्टीको भावनालाई पनि ध्यान दिनुपर्ने बताए । 

‘कसैकसैले आलोपालो गर्नु हुँदैन । यो कहीँ सम्भव छ ? यो कुरा उठाउने मान्छेले पनि मौका पाएको भए छोड्थ्यो ?,' उनले भने, 'जब जनताले नै तपाईहरू मिलेर गर भनिसकेपछि कुनै एउटा पार्टीको बहुमत नहुँदा गर्छन् के ? हाम्रो पार्टी प्रदेश सरकारहरूमा सहभागी हुनेछ । कसरी हुन्छ ? कतिजना हुन्छ ? भन्ने कुराहरू बसेर छलफल भइसकेपछि टुंगो लाग्नेछ ।’

अध्यक्ष नेपालले समाजवादमा प्रतिवद्ध हुने पार्टीहरूबीच समाजवादी मोर्चा बनाउने तयारी रहेको बताए । नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र जसपा एकतावद्ध हुने कुरा पनि भइरहेको उनको भनाइ छ । उनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतका अन्य पार्टीहरूसँग पनि मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताए । 

उनले एकीकृत समाजवादी एमाले वा अन्य कुनै पार्टीहरू सँग विलय भने नहुने स्पष्ट पारे। आफूहरू समानताको सिद्धान्तको आधारमा र वैचारिक एकरूपताको आधारमा जोसँग पनि हातेमालो गर्दै अघि बढ्ने उनको भनाइ छ ।

लडाकुका नाममा अर्बौँं वितरणको तयारी सत्ताको चरम दुरुपयोग : राजेन्द्र लिङदेन

इकागज | बैशाख १५, २०८०

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेनेद्र लिङदेनले अयोग्य लडाकुलाई अर्बौँ रुपैयाँ वितरणको ...

संकटको समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न सकेन : प्रदीप पौडेल

इकागज | बैशाख १५, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारको काम कारबाही पारदर्शी नभएको बताएका छन् । संस...

लुम्बिनीका मुख्यमन्त्रीको आज सपथ ग्रहण, मन्त्रीहरूको अझै छैन टुंगो

इकागज | बैशाख १५, २०८०

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनियताको सपथ लिँदैछन् । नेकपा ...

एमालेले टुंग्यायो संसदीय समितिका सदस्यको नाम, ओली अन्तर्राष्ट्रिय समितिमा (सूची)

इकागज | बैशाख १५, २०८०

काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संघीय संसद्अन्तर्गतका संसदीय समितिमा रहने सदस्यको नाम टुंग्...

लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता चौधरी मुख्यमन्त्री नियुक्त, शपथ भाेलि

इकागज | बैशाख १४, २०८०

बुटवल- नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।...

वरिष्ठ उपाध्यक्ष पोखरेलकाे आराेप : देश आर्थिक संकटमा फस्नुको दोषी वर्तमान सत्ता गठबन्धन

सुभाष कर्ण | बैशाख १४, २०८०

जनकपुरधाम- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश आर्थिक संकटमा फस्नुको प्रमुख दोषी वर्तम...

पार्टी अध्यक्षमाथि आक्रमणको प्रयास गर्नेलाई कारबाही गर्न एमालेको माग

इकागज | बैशाख १४, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुलुकमा शान्तिसुरक्षा सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्...