पूर्वअयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन : शेखर कोइराला

इकागज | बैशाख १४, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वअयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै नसक्ने बताएका छन् । ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीको तलब र पूर्व शिक्षकहरूको पेन्सन दिनसमेत नसक्ने अवस्थामा माओवादी नेतृत्वको सरकारले गर्न खोजेको पूर्व लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै नसक्ने बताएका हुन् ।

सरकारको यस्तो कार्यको विरोध गर्नुपर्ने र रोक्नुपर्ने उनको भनाइ छ । 'बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउन तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरूको तलब र पूर्व शिक्षकहरूको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन,' उनले भने, 'माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं। उनीहरूलाई पैसा होइन रोजगारी दिउँ।'

देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउँछु : सांसद वाग्ले

इकागज | बैशाख १३, २०८०

तनहुँ - तनहुँ क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले देवघाटलाई धार्मिक पर्य...

बेपत्ता र सत्य निरूपण विधेयक छिटो अघि बढाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

इकागज | बैशाख १३, २०८०

कास्की- पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बेपत्ता पारिएका ना...

निजी अस्पतालमा गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ : बिजुक्छेँ

इकागज | बैशाख १३, २०८०

भक्तपुर - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले गरिब जनतालाई निजी अस्पतालमा गएर सेवा...

एमसीसी र एसपीपीलाई लागू गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागे : धर्मेन्द्र बास्तोला

इकागज | बैशाख १३, २०८०

काठमाडौँ- नेकपा (बहुमत) संयोजक धर्मेन्द्र बास्तोलाले पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने...

'विपद् व्यवस्थापनबारे भइरहेको पूर्वतयारीबारे संसदलाई जानकारी गराउन माग'

इकागज | बैशाख १३, २०८०

काठमाडौँ - आम जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रभु साहले विपद् व्यवस्थापनबारे भइरहेको पूर्व तयारीबारे सं...

अध्यक्ष ओली सहभागी कार्यक्रम गठबन्धनकै दलका कार्यकर्ताले बिथोल्न खोजे : एमाले

इकागज | बैशाख १३, २०८०

काठमाडौँ- नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा गठबन्धनकै दलका कार्यकर्ताले ढुंगामुडा ग...

ओली सहभागी कार्यक्रममा ढुंगामुढा गरेकोप्रति एमाले सचेतक गिरीको आपत्ति

इकागज | बैशाख १३, २०८०

काठमाडौँ - नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले पार्टीका अध्यक्ष केपी शर्मा ओली सहभागी झापाको बुधबा...