एमालेलाई सिध्याउन मोर्चाबन्दी गरे : ओली

इकागज | बैशाख १३, २०८०

झापा - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन् । बुद्धशान्ति गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको ग्रासरुट अभियानमार्फत पार्टीलाई चलायनमान बनाउन सबै कार्यकर्तालाई आग्रह गरे । 

एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दीलाई परास्त गर्दै देशले भोगिरहेको वर्तमान समस्यालाई समाधान गर्न लागेको उनले बताए । उनले चार जना व्यक्तिले विगत ७४ वर्षअघि स्थापना गरेको पार्टी आज जहाँ नेपाली त्यहाँ एमाले भन्ने अवस्थामा पुगेको बताए । 

“खेतको होस् या बारीको पाटो, सहर, गाउँबस्ती, देशविदेश सबै क्षेत्रमा एमाले पुगेको छ”, अध्यक्ष ओलीले भने । उनले पार्टीका नेतृत्व र कार्यकर्ताभित्र भएका असन्तुष्टिलाई पार्टीभित्रै छलफल र संवाद गरेर समाधान गर्न आग्रह गरे । 'साथीको बात नसहने तर शत्रुको लात सहने नगरौँ', उनले भने, 'यसले पार्टीलाई कमजोर बनाउँछ । देश बनाउने अभियान हाम्रो काँधमा छ । विकास, सुशासन र राष्ट्रिय एकताको अभियानमा जुटौँ, पार्टीलाई बलियो बनाऔँ ।'

उनले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई देशको सबै तहसम्म पुर्‍याउन ‘हरेक टोलमा पार्टी हरेक घरमा सदस्य’ अभियानलाई मिसनग्रास रुटमार्फत तीब्र बनाउन सबै कार्यकर्तालाई आग्रह गरे । रासस

बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता देखियोः पोखरेल

इकागज | बैशाख १३, २०८०

काठमाडौँ - नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको...

चौतर्फी प्रहार र लाञ्‍छनाको जवाफ चितवनले दियो : रवि लामिछाने

इकागज | बैशाख १३, २०८०

काठमाडौँ- भारी मतले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चौतर्फी प्रहार र लाञ्छनाको जव...

'उपनिर्वाचनको परिणामका विषयमा पार्टीभित्र गम्भीर छलफल गरेर सुधार गर्छौं'

इकागज | बैशाख १२, २०८०

काठमाडौँ- नेपाली कांग्रेस नेता रामहरि खतिवडाले उपनिर्वाचनको परिणामका विषयमा पार्टीभित्र गम्भीर छल...

उपनिर्वाचनको परिणामका विषयमा पार्टीभित्र समीक्षा गर्नुपर्ने बेला आयाे : माधव नेपाल

इकागज | बैशाख १२, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उपनिर्वाचनको परिणामका विषयमा सबैल...