हामीले माओवादी र एमालेको चाललाई बुझ्न सकेनौं : डा. शेखर

बाबुराम भण्डारी | पुस १३, २०७९

विराटनगर - नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले कांग्रेसले माओवादी र एमालेको चाललाई बुझ्न नसकेका कारण अहिलेको परिस्थिति उत्पन्न भएको बताएका छन् । पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनको मर्मलाई स्वीकार नगरेका कारण गठबन्धन भत्किएको उनले बताए ।

बुधबार निकट नेताहरुसँग काठमाडौंमा छलफल गरेर बेलुका विराटनगर आइपुगेका नेता कोइरालाले आफुले विगतदेखि नै गठबन्धन गर्न हुँदैन भनेर भनेपनि त्यसलाई पार्टी नेतृत्वले नसुनेका कारण पनि कांग्रेसको हातबाट सवै कुरा फुत्किएको बताएका हुन् ।

‘हामीले माओवादी र एमालेको चाललाई बुझ्न सकेनौं, गठबन्धनको मर्मलाई प्रचण्डजीले स्वीकार्नु भएन र हामीहरुको कमि कमजोरी त छँदैछ’ कोइरालाले भने, ‘गठबन्धन गर्नु हुँदैन भनेर त म सुरुदेखि नै भन्दै थिएँ, तर हाम्रो निर्वाचन प्रणाली नै यस्तो छ कि गठबन्धन नगरिकन सरकार बन्दैन ।’ 

कोइरालाले निर्वाचन पहिल्यै गठबन्धन गरेका कारण अहिलेको परिस्थिति बनेको भन्दै सभापति देउवातिर दोष पन्साए । कोइरालाले कांग्रेसबाट गल्ती नै भएको छैन भन्न नमिल्ने बताए । उनले पहिल्यै गठबन्धन गरेका कारण त्यसलाई अघि बढाउनु पर्ने जिम्मेवारी पनि कांग्रेसको भएको बताए ।

‘हामीले प्रि–इलेक्सन गठबन्धन गरिसकेपछि त्यसलाई अगाडि बढाउनु पर्ने चलाउनु पर्ने जिम्मेवारी पनि ठुलो पार्टीको नाताले हाम्रो भयो, प्राकृतिक रुपमै प्रधानमन्त्री पद हामीले छोड्ने कुरा भएन’ उनले भने, ‘त्यसमा प्रचण्ड जीलाई स्वीकार भएन, वहाँ एमालेसँग मिलेर सरकार बनाउनु भयो ।’

कांग्रेसका लागि कठिन परिस्थिति उत्पन्न भएको भन्दै आगामी २२ गतेदेखि बोलाइएको केन्द्रीय समितिको बैठकमा निर्मम समीक्षा गरिने बताए । सभापति देउवाले कांग्रेसभित्रका पदाधिकारीहरुलाई समेत जानकारी गराई कुराहरु भएका कारण त्यसको जिम्मेवारी देउवाले नै लिनुपर्ने बताए । 

‘कोठे बैठकमा उहाँहरु बीचमा के सम्झौता भयो हामीहरुलाई थाहा हुने कुरा भएन, त्यो कांग्रेसभित्र हामीहरुलाई त बोलाइएको थिएन’ कोइरालाले भने, ‘कांग्रेस कस्तो बनाउने भन्ने कुरा कांग्रेसभित्र हुनुपर्छ, त्यहाँ के कसो भयो भन्ने कुरा अब केन्द्रीय समितिमा आउँछ ।’ 

कोइरालाले कांग्रेसभित्र विशेष महाधिवेशनको चर्चा सुरु भएपनि त्यसका लागि विधानको प्रक्रिया अप्ठेरो भएको भन्दै नीति महाधिवेशन बोलाउनु पर्ने बताए । १४ औं महाधिवेशनले निर्वाचनमुखी भएकोले कांग्रेसलाई अघि बढाउन नीति महाधिवेशन आवश्यक रहेको बताए । 

‘कसलाई के कारवाही हुने नहुने भन्ने कुरा बेग्लै कुरा हो, तर नीति अधिवेशन त हुनैपर्यो’ उनले भने ‘मुखका आएको कुरा सबै गयो भन्ने बिषयमा मलाई पनि चिन्ता छ ।’ कांग्रेसभित्र आफुहरुलाई प्रतिपक्षको नजरले हेरिने गरेको भन्दै त्यसप्रति उनले असन्तुष्टि जनाए ।

अन्तर्घातविरुद्ध परेका उजुरीबारे निर्णयसहित पठाउने समयावधि कांग्रेसले थप्यो

इकागज | पुस १३, २०७९

काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले गत निर्वाचनमा भएका अन्तर्घातका विषयमा परेका उजुरीब...

२२ पुसअघि नै कांग्रेसमा इतर समूहले केन्द्रीय सदस्यको भेला डाक्ने

इकागज | पुस १३, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै कारण गठबन्धन टुटेर केन्द्रसहित सातै प्रदेशबाट का...

माधव नेपालसँग छलफल गरेपछि प्रचण्डले बोलाए ओलीलाई खुमलटार

इकागज | पुस १३, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्...

प्रधानमन्त्रीमा समर्थन गर्न प्रचण्डको प्रस्तावमा नेपालले भने- सहयोग नगर्नुपर्ने कुनै कारण छैन

इकागज | पुस १३, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकिकृत समाजवादी पार्टीक...

धर्मेन्द्र बास्तोला भन्छन्- आत्मालोचना गरे विप्लवसँग सहकार्य हुन सक्छ

इकागज | पुस १२, २०७९

काठमाडौँ - नेकपा बहुमतका संयोगजक धर्मेन्द्र बास्तोलाले आत्मालोचना गरे विप्लवसँग सहकार्य हुन सक्...