एमालेबाट मन्त्री बनेकाहरूलाई ओलीले दिए यस्तो निर्देशन

इकागज | पुस १२, २०७९

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी ओलीले जनहितमा काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

मंगलबार बिहान निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बोलाएर ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।

एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरू दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई बालकोट पुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा एमालेबाट चार मन्त्री सहभागी छन् ।

घनश्याम भुषालको जिज्ञासा–राजालाई केन्द्र बनाएर बालेनले किन ट्वीट गरे ?

इकागज | पुस ११, २०७९

पोखरा - खेलकुद होस् वा राजनीति दुवैमा हार–जीतको प्रतिस्पर्धा रोचक हुन्छ । दुवैमा प्रायः जित्नेहरुक...

सिके राउतले भने - म सांसदको लागि पनि त्यति योग्य मान्छे हैन, मन्त्री त परको कुरा

इकागज | पुस ११, २०७९

काठमाडौँ - जनमत पार्टीका अध्यक्ष सिके राउतले आफू सरकारमा नजाने बताएका छन् । गठबन्धनको बैठकपछि  सञ्...

पोखरामा गगन र विश्वको एक स्वर : कांग्रेस एम्बापे जस्तै भयो, धेरै गोल गर्‍याे तर कप अर्कैलाई सुम्पियो

इकागज | पुस ११, २०७९

पोखरा - अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २०२४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रे...