हेटौंडामा बालेन-सुनिता

इकागज | जेठ ३०, २०७९

मकवानपुर- काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल एक कार्यक्रमका लागि हेटौंडा आइपुगेका छन् । 

संघीय सरकार र बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा हुन लागेको अभिमुखिकरण कार्यक्रममा सहभागी हुन हेटौंडा आइपुगेका उनीहरूलाई स्थानीय मिडिया र युवाहरू चासोका साथ प्रतिक्रिया लिइरहेका छन् । काठमाडौँ महानगरको योजनाबारे हेटौंडा उपमहानगरवासीले पनि चासो राख्नु स्वभाविक भएको होटल व्यवसायी विजय बासुकलाले बताए । 

बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौँ महानगरपालिकाको मेयर शाह र उपमेयर डंगोलसहित प्रदेशमा स्थानीय तहको निर्वाचित प्रमुख र उपप्रमुखहरू हेटौंडामा आइपुगेका छन् । 

कार्यक्रम आज बिहान ९ बजेबाट सुरूभई भोलिसम्म चल्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अधिकृत अच्युत लामिछानेले बताए । सहभागीहरू हिजै हेटौंडा आइपुगेका छन् ।

काठमाडौँका मेयर बालेन्द्रले भने - तीन दिन भित्रमा ‘ब्रुमर’ सञ्चालनमा ल्याउँछु

इकागज | जेठ २९, २०७९

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीन दिन भित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालन...

मकवानपुर गोल्डकपः उपाधिका लागि घरेलु टोली विजय युथ र आर्मी भिड्दै

सरिता दाहाल | जेठ २९, २०७९

मकवानपुर । हेटौंडामा भइरहेकाे चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको फाइ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको शिलान्यास

इकागज | जेठ २९, २०७९

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

कार्यपालिका बैठकमा बालेन भन्‍छन्- डेढ वर्षमा विद्युत्‌का तार अन्डरग्राउन्ड हुन्‍छ

इकागज | जेठ २९, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्...

बालेनलाई भेटेपछि कार्यपालिका बैठकमा वडाअध्यक्ष रिजालले भने- फुटपाथका व्यापारीबाट राजस्व उठाउनुपर्छ

इकागज | जेठ २९, २०७९

काठमाडौँ- सडकपेटीमा व्यापार गर्नेहरूबाट राजस्व उठाउनुपर्ने काठमाडौँ महानगरपालिका-१६ का अध्यक्ष मुकुन्द र...