रसुवा जिससमा एमालेका उम्मेदवार निर्वाचित

इकागज | जेठ २९, २०७९

रसुवा- स्थानीय तहअन्तर्गत रसुवा जिल्ला समन्वय समितिको प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार अशोककुमार घिमिरे तथा उपप्रमुखमा एमालेकै उमेदवार विजय लामा विजय भएका छन् । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार जिल्ला समन्वय समितिको सदस्य पदमा एमालेका उम्मेदवार खुवाप्रसाद पौडेल, कामीछिरिङ तामाङ, देशीरानी तामाङ तथा नेपाली कांग्रेसका उम्मेदवार तारकोत लामा, सविता गुरूङ, खीलबहादुर न्यौपाने र पार्वती विक सदस्यमा निर्वाचित भएका छन् ।

पाँचवटा गाउँपालिका रहेको रसुवा जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारको मतपरिमाण बराबर आएकाले गोला प्रथाबाट अन्तिम परिमाण घोषणा गरिएको बताइएको छ । स्थानीय तहका सबै पदको निर्वाचन कार्य आजदेखि सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत नेपालले जानकारी दिए । 

सहिद स्मृति गोल्डकप : उपाधिका लागि आर्मी र विजय युथ भिड्ने

सरिता दाहाल | जेठ २८, २०७९

मकवानपुर । हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्र...

काठमाडौँको फोहोर राति मात्र लैजान पाउने गरी स्थानीयसँग सहमति (पत्रसहित)

इकागज | जेठ २७, २०७९

काठमाडौँ- अबदेखि काठमाडौँ उपत्यकाको फोहोर रातिमात्र व्यवस्थापन गर्न लैजाने गरी काठमाडौँ महानगरपालिका र...

मेलम्चीमा यसरी हुँदैछ क्षति भएको अस्थायी पुलको मर्मत (तस्बिरहरू)

इकागज | जेठ २६, २०७९

काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्‍या...