स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप आजबाट

सरिता दाहाल | जेठ १९, २०७९

मकवानपुर- स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप आजबाट हेटौंडामा हुने भएको छ  । आज दिउँसो हुने उद्घाटन खेलमा सर्लाहीको बागमती युवा क्लब र सिमराको नव जनजागृति क्लब भिड्ने छन् ।

मकवानपुर फुटबल संघको आयोजनामा हुने स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिता ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने छन् ।

मकवानपुरको हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितामा विभागीय क्लबहरू नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मर्स्याङ्‌दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहने आयोजकले बताएको छ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफि प्राप्त गर्नेछन् । अघिल्लो वर्षको भन्दा यस वर्ष पुरस्कारर राशी वृद्धि गरिएको छ । अघिल्लो वर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।

अघिल्लो वर्षझैं यस वर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडाको हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साईन्सेज कलेजका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् । प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।

ललितपुर जिसस प्रमुखमा कांग्रेसका ऋषिदेव, उपप्रमुख माओवादीका थिङ

इकागज | जेठ १९, २०७९

ललितपुर- ललितपुरको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन् । ...

पहुँचको आधारमा विभूषण घोषणा गरिएको भन्दै प्रदेश सरकारको आलोचना

सरिता दाहाल | जेठ १८, २०७९

मकवानपुर - बागमती प्रदेश सरकार घोषणा गरेको विभूषणको चर्को विरोध भइरहेको छ । पहुँच र राजनीतिक आस्थाको...

डिजिटल प्रदेश बनाउने अभियानमा छौं : मुख्मन्त्री पाण्डे

इकागज | जेठ १७, २०७९

मकवानपुर - बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशलाई प्रविधीसँग जोड्दै प्रदेशलाई डिजिटल...

काठमाडौँ महानगरमा कांग्रेसको एकल बहुमत, पहिलो बैठकमा बालेनलाई वडाअध्यक्षले दिए सुझाव

इकागज | जेठ १६, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित मेयर र उपमेयर सहितको पहिलो बैठक बसेको छ । सोमबार मेय...