दुर्घटनामा एक जनाको मृत्यु

इकागज | जेठ २५, २०७९

चितवन- कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा गए राति एकजनाको मृत्यु भएको छ । 

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश३–०१–०२३च ५०७४ नंको कारमा सोही दिशाबाट आउँदै गरेको बा७५प ६११६ नंको मोटरसाइकल ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको  ना७ख १३७१ नंको ट्याङ्करमा ठोक्किँदा  मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का २३ वर्षीय सन्तोष चेपाङको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार चेपाङको घटनास्थलमै मृत्यु भएको हो । ट्याङ्कर चालक र कार चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ । चेपाङको शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल लगिएको अधिकारीले बताउनुभयो ।  

नास्टका वैज्ञानिकले गरे अध्ययन, फोहोरले सिसडोलको पानी पनि प्रदूषित भएको पुष्टि

इकागज | जेठ २५, २०७९

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट वरपरको पानी प...

सार्वजनिक शौचालय सञ्चालन गर्न चाहनेलाई काठमाडौँ महानगरको ७ दिने सूचना

इकागज | जेठ २२, २०७९

काठमाडौँ-  काठमाडौँ महानगरपालिकाले ​सार्वजनिक शौचालय सञ्चालन गर्ने सरोकारवाला निकायलाई सात दिनभ...

बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयले १० महिनामा ४ प्रतिशत मात्रै बजेट खर्च गर्‍यो

सरिता दाहाल | जेठ २१, २०७९

मकवानपुर - कुल एक बर्षको लागि छुट्याइएको बजेट १० महिनामा कति प्रतिशत खर्च होला ? सोझो अनुमान कै आधारम...