सुदूरपश्चिम

गड्यौलाको मल उत्पादन गरेर जसले कमाउँछिन् वार्षिक पाँच लाख

इकागज | फागुन २६, २०७९

कञ्चनपुर- भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएकी छन् । गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने  थाहा पाएपछि उनले कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बाणीबाट गड्यौला ल्याएर मल उत्पादनमा लागेकी हुन् ।

'दुई वर्षअघि बैंकबाट रु पाँच लाख ऋण लिएर गड्यौला मल उत्पादन र बाख्रापालन सुरु गरेकी थिएँ', उनले भनिन्, 'अहिले गड्यौला मलको माग धेरै बढेको छ, माग धान्नै सकस छ ।'

जोशीले अहिले मल बिक्रीबाटै आत्मनिर्भर भएको बताइन् । मल उत्पादनका लागि उनले बाख्रापालनसमेत गरेकी छन् । रासायनिक मलको विकल्पका रूपमा गड्यौला मलको प्रयोग गर्दा उत्पादन पर्याप्त हुने भएकाले पछिल्लो समय किसानले गड्यौला मल प्रयोग गर्न थालेका छन् । 'रासायनिक मलले भन्दा गड्यौला मलले उत्पादन राम्रो हुन्छ' उनले भनिन्, 'केही समयअघिसम्म यसबारे ज्ञान नभएर प्रयोग गर्न डराउँथे ।' 

पछिल्लो समय केही किसानले धान, गहुँ, उखु र तरकारीखेतीमा गड्यौला मल प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएको देखेपछि यसको माग बढेको जोशी बताउँछन् । 'अहिले मलको माग धेरै छ, मागअनुसार उपलब्ध गराउन सकेकी छैन', उनले भनिन्, 'तरकारी र फूलमा प्रयोग गर्नका लागि यो मल बढी लैजाने गरेका छन् ।' उनले मल र बाख्राबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी हुने गरेको बताइन् ।

गोबर तथा खेतबारीबाट निस्कने कुहिने फोहरबाट मल उत्पादन गर्न सकिने जोशीले बताइन् । 'कुहिने फोहरबाट समेत गड्यौला मल उत्पादन गर्न सकिन्छ', उनले भनिन्, 'बेला–बेलामा सिँचाइ गर्नुपर्छ, धेरै मेहनत लाग्दैन ।' गड्यौला मलले माटोको उर्वराशक्ति बढाउनुका साथै थोरै लागतमा धेरै उत्पादन गर्न सकिन्छ । यसका साथै मानवीय स्वास्थ्य र वातावरणीय सुधारका लागि पनि गड्यौला मलको प्रयोग गर्नु उपयुक्त हुन्छ । गड्यौला मल प्रतिकिलो रु ३५ का दरले बिक्री हुने गरेको जोशीले बताइन् ।

उनले भनिन्, 'गड्यौला प्रतिकिलो रु तीन हजारका दरले बिक्री हुन्छ ।' जोशीले गड्यौला र मल दुवै बिक्री गर्दै आएकी छन् ।  पछिल्लो समय यहाँका अन्य किसानले पनि गड्यौला मलको उत्पादन गर्न थालेका छन् । 'यसमा धेरै मेहनत लाग्दैन, एकपटक गड्यौला ल्याएर राखे पुग्छ', जोशीले भनिन् । 

भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्छु : मुख्यमन्त्री शाह

इकागज | फागुन २२, २०७९

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अ...

सुदूरपश्चिममा दुई तिहाई बहुमतको समर्थनसहित मुख्यमन्त्री शाहले पाए विश्वासको मत

इकागज | फागुन २१, २०७९

कैलाली । सुदूरपश्चिममा प्रदेशमा दुई तिहाई बहुमतको समर्थनसहित मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्...

सुदूरपश्चिममा दुई तिहाई बहुमतको समर्थनमा सरकार बन्नसक्ने

इकागज | फागुन २१, २०७९

कैलाली । सुदूरपश्चिममा प्रदेशमा दुई तिहाई बहुमतको समर्थनमा सरकार बन्ने देखिएको छ । मुख्यमन्त्री कमलबहादु...

नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने, सरकारमा सहभागी नहुने

इकागज | फागुन २१, २०७९

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत ...

माओवादीले सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने

इकागज | फागुन २१, २०७९

कैलाली - नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ। म...

सुदूरपश्चिमका मुख्यमन्त्री शाह भन्छन्- विश्वासको मत पाउनेमा विश्वस्त छु

इकागज | फागुन २१, २०७९

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनेमा विश्वस्त रहेको बताएका छन् ...

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई माओवादी केन्द्रले विश्वासको मत नदिने

इकागज | फागुन २०, २०७९

कैलाली - नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गर...

सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन माओवादी र उन्मुक्तिको सर्तैसर्त

इकागज | फागुन २०, २०७९

धनगढी - सुदूरपश्चिम सरकारका मुख्यमन्त्री मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन दुई वटा...

लिखित सहमतिविना विश्वासको मत नदिने नागरिक उन्मुक्तिको अडान

इकागज | फागुन २०, २०७९

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन लिखित सहमति गर्नुपर्ने अडान ल...