सुदूरपश्चिम

राजनीतिक समीकरण फेरिएसँगै सुदूरपश्‍चिममा जोगियो कांग्रेस सरकार

इकागज | फागुन १३, २०७९

कैलाली- केन्द्रमा फेरिएको समीकरणले सुदूरपश्चिमको कांग्रेस सरकार जोगिने भएको छ । मुख्यमन्त्री नियुक्त भएको आधा महिना बितिसक्दा विश्वासको मत पाउने आधार नपाइरहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले अन्ततः विश्वासको मत पाउने भएका छन् । केन्द्रमा शुक्रबार बनेको नयाँ राजनीतिक समीकरणका कारण शाहको सरकार जोगिने निश्चित भएको हो ।

मुख्यमन्त्री नियुक्त भएको दिनदेखि ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । माघ २६ मा कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रीय समीकरणमा कांग्रेस बाहिर रहे पनि संविधानको धारा १६८ को ३ अनुसार सुदूरपश्चिममा शाह मुख्यमन्त्रीमा नियुक्त भए । तर, एमाले र माओवादीको गठबन्धनका कारण विश्वासको मत नपाउने विश्लेषण भइरहेका बेला अन्ततः उनी सुरक्षित भएका छन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । सुदूरपश्चिममा कांग्रेसका १९ र माओवादीका सभामुख सहित ११ सांसद छन् । यी दुई दल मात्रै मिल्दा पनि कांग्रेसको सरकार जोगिन्छ । तर, माओवादीले विश्वासको मत दिने भन्ने निर्णय भने गरिसकेको छैन ।

गत पुस २७ मा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले विश्वासको मत नपाएपछि माघ २६ मा रावलले राजीनामा दिए । त्यसपछि मुख्यमन्त्रीमा नियुक्त भएका शाहले पनि अहिलेसम्म विश्वासको मत लिएका छैनन् । आगामी २५ गतेभित्रै उनको विश्वासको मत लिइसक्नु पर्नेछ । शुक्रबार आठ दलले कांग्रेस उम्मेदवारलाई राष्ट्रपति चुनावमा समर्थन गर्ने निर्णय गरेसँगै १० पुसमा बनेको सत्ता गठबन्धन भत्किएको छ भने नयाँ आठ दलीय गठबन्धन बनेको छ ।

नयाँ आठ दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाह भन्छन्- सरकार पाँचै वर्ष चल्छ, चुनावमा गए जनताले लखेट्छन्

इकागज | फागुन ८, २०७९

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँचै वर्ष निरन्तर चल्ने दाबी...

साविक विजेता सत्यवतीलाई पराजित गरी लोटस आई एलपीएलको च्याम्पियन

इकागज | फागुन ६, २०७९

कैलाली । कैलालीको धनगढीमा सम्पन्न सातौँ संस्करणको विद्यालय स्तरीय अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोग...

सुदूरपश्चिममा एक महिनामा विभिन्न मुद्दाका ११६ जना प्रतिवादी पक्राउ

इकागज | फागुन २, २०७९

कैलाली- सुदूरपश्चिम प्रदेशमा एक महिनामा विभिन्न मुद्दाका ११६ जना प्रतिवादी पक्राउ परेका छन् । सुदूरपश्चिम...

गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढ्यो : प्रधानमन्त्री

इकागज | फागुन १, २०७९

कैलाली - प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कैलालीको गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थ...

रेशम चौधरीको घर पुगेर मुख्यमन्त्री शाहले भने- रिहा गर्न पहल गर्छु

इकागज | माघ २८, २०७९

कैलाली - मुख्यमन्त्रीको शपथ लिएको भोलिपल्टै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह डिल्लीबजार कारा...