सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आइतबार विश्वासको मत लिने

इकागज | फागुन २०, २०७९

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भोलि (आइतबार ) विश्वासको मत लिने भएका छन् । मत लिनेबारे शाहले शुक्रबार साँझ प्रदेश सभा सुदूरपश्चिम प्रदेशका सभामुखलाई पत्र पठाएर जानकारी गराएका छन् । यसअघि गठबन्धनबाट नेकपा एमालेका राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

रावलले तोकेको समयमा विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपाली काँग्रेसका संसदीय दलका नेता कमल शाहलाई मुख्यमन्त्रीको पदमा नियुक्त गरेका थिए ।

केन्द्रमा कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति लगायत दलको समीकरण बनेपछि प्रदेशमा शाहले विश्वासको मत पाउने लगभग पक्का भएको हो । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ।

कांग्रेसका १९, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सदस्य छ्न् भने एमालेका १० र राप्रपाको एक गरी विपक्षमा ११ मत छ।

विकासका लागि प्रदेशमा लगानी भित्र्याउन सरकार केन्द्रित : मुख्यमन्त्री शाह

इकागज | फागुन १७, २०७९

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटन क्षेत्रको विकासका लागि प्रदेशमा लगा...

सुदूरपश्चिम यातायात व्यवसायी संघका पूर्वअध्यक्ष पाण्डेको निधन

इकागज | फागुन १७, २०७९

कैलाली- सुदूरपश्चिम यातायात व्यवसायी संघका पूर्वअध्यक्ष तथा संस्थापक सदस्य हरिप्रसाद पाण्डेयको निधन भएको छ...

फागुन २० भित्रै विश्वासको मत लिन तयारीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री

इकागज | फागुन १५, २०७९

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन  २० गते भित्रै विश्वासको मत लग्न...

बैंककाे चर्को व्याजविरुद्ध सुदूरपश्चिममा चरणबद्ध आन्दोलन

इकागज | फागुन १४, २०७९

कैलाली । बैङ्कहरूको चर्को व्याजविरुद्ध उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा भोलिबाट चरणबद्ध आन्दोलन ग...