लुम्बिनी सरकारले खटायो भूकम्प प्रभावित कर्णालीमा उद्धारसँगै स्वास्थ्यकर्मीको टोली

बुटवल- भूकम्प प्रभावित क्षेत्रमा उद्दार र स्वास्थ्य उपचारमा सहयोग पुर्याउन लुम्बिनी प्रदेशबाट स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमका लागि हिँडेको छ । आज विहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निर्देशनमा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्र हिँडेको हो ।
मुख्यमन्त्री चौधरीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसँगको समन्वयमा दाङबाट राप्ति प्रादेशिक अस्पताल तुल्सीपुरका मेसु डा. पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाएका हुन् । टोलीमा विशेषज्ञ चिकित्सक छन् । मुख्यमन्त्री चौधरीका प्रेस संयोजक गोपाल भट्टराईका अनुसार उनीहरूलाई औषधीसहित पठाइएको छ ।
त्यस्तै सरकारको तर्फबाट प्रदेशका गृहमन्त्री सन्तोषकुमार पान्डेयको नेतृत्वमा उद्दार टोली गएको छ ।
यसैगरि भूकम्पमा परी घाइतेहरुको उद्धारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली पनि भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । अस्पतालका एमडीजीपी डा. सुनिल सुनारको नेतृत्वमा पाँच जनाको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो ।
मानवीय क्षति न्युनिकरण तथा त्यहाँको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यले डाक्टरसहितको टोली औषधी लिएर त्यसतर्फ प्रस्थान गरेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले इकागजलाई जानकारी दिए ।
भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि अस्पतालमा बिरामी ल्याउनुपर्ने अवस्था आएको खण्डमा समेत सोही अनुसारको तयारी गरिएको मेसु डा. थापाले जानकारी दिए ।

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रतिक्रिया