कर्णाली

जाजरकोट भूकम्प : के गर्दैछ कर्णाली सरकार ?

इकागज |
कात्तिक १८, २०८० शनिबार ९:१४ बजे

फाइल तस्बिर

सुर्खेत- गएराति आएको भूकम्पका घाइतेहरूलाई सुर्खेत ल्याइँदैछ । उनीहरुलाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याउन लागेको कर्णाली सरकारका प्रवत्ता कृष्णबहादुर जिसीले जानकारी दिए ।

घाइतेहरूको उद्धारका लागि कर्णाली प्रदेश सरकार जुटिरहेको जिसीले बताए । जिसीका अनुसार हवाई र स्थलमार्गमार्फत उद्धार कार्य हुन लागेको हो । उनका अनुसार जाजरकोट र रुकुम पश्चिममा रहेका प्रादेशिक संरचनाहरूमार्फत उद्धार कार्य भइरहेको छ । 


मुख्यमन्त्री राजकुमार शर्मासहितको टोली स्थलमार्गमार्फत उक्त स्थानतर्फ गएका छन् । मन्त्री जिसीका अनुसार सुर्खेत, नेपालगन्ज र दाङबाट राहत तथा उद्धारका सामाग्री पठाउने काम हुँदै छ ।

यस्तै प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक भर्खरै सम्पन्न भएको छ भने प्रदेश मन्त्रिपरिषद्को बैठक बसी मन्त्रालयको विभागीय जिम्मेवारी बाँडफाट गरि काममा जुटिसकिएको जिसीले बताए । उनका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अगुवाईमा राहत तथा उद्दारका कामहरू गर्ने निर्णय भएको बताए ।

र, यो पनि


Author

थप समाचार
x