कूटनीति

नेपालको १७७ वटा देशसँग कूटनीतिक सम्बन्ध स्थापना, थपियो ट्रिनिडाड एण्ड टोबागो

इकागज | असार ३, २०७९

काठमाडौँ- नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७७ पुगेको छ । 

कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा दुई देशका पदाधिकारीले अमेरिकाको न्यूयोर्कमा बुधबार बिहीबार हस्ताक्षर गरेका थिए । 

विज्ञप्तिमा नेपालको तर्फबाट न्यूयोर्कस्थित राष्ट्रसंघीय मिसनका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर राई र ट्रिनिडाड एण्ड टोबागोको तर्फबाट राष्ट्रसंघका लागि ट्रिनिडाड एण्ड टोबागोका स्थानीय प्रतिनिधि तथा राजदूत डेनिस फ्रान्सिसले हस्ताक्षर गरेका थिए । 

दुवै देशका राजदूतले संयुक्त पत्र पठाई कूटनीतिक सम्बन्ध स्थापना गरेको सम्बन्धमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिएका छन् । 

ट्रिनिडाड एण्ड टोबागो दक्षिण क्यारेबियन राष्ट्र हो । ५ हजार १२८ स्क्वायर किलोमटर क्षेत्रफल रहेको ट्रिनीनाड एण्ड टोबागोको जनसंख्या १४ लाख रहेको छ । सन् १९६२ अगष्ट ३१ का दिन ट्रिनिडाड एण्ड टोबागो बेलायतबाट स्वतन्त्र भएको थियो । 

लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्न कूटनीतिक प्रयास जारी छ : मन्त्री कार्की

इकागज | असार २, २०७९

काठमाडाैँ - सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली भूमि लिम्पियाधुरा, लिप...

अमेरिकी दूतावास भन्छः सैन्य सम्झौता भएको छैन, कुनै राष्‍ट्रले माग गरेमा सहयोग गर्छ

इकागज | जेठ ३१, २०७९

काठमाडौँ- नेपालस्थित अमेरिकी दूतावासले नेपाल र अमेरिकाबीच सैन्य सम्झौता नभएको दाबी गरेको छ । मंगलबार...

प्रधानमन्त्री देउवाको भ्रमणमा एसपीपी सम्झौतामा हस्ताक्षर गर्न अमेरिकाको दबाब

इकागज | जेठ ३१, २०७९

काठमाडौँ- अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदा नेपाललाई पठाएर आफ्ना सैनिक नेपालमा र...

नेपालको चारदिने भ्रमणमा रहेका फ्लिन र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

इकागज | जेठ २७, २०७९

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको इन्डो प्यासिफिक (प्रशा...

अमेरिकी सेनाका एसिया- प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन नेपाल आइपुगे

इकागज | जेठ २६, २०७९

काठमाडौँ- अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि ...

विश्व साइकल दिवसका दिन भारतीय महावाणिज्य दूतावासले गर्‍यो साइकल र्‍याली

इकागज | जेठ २१, २०७९

जनकपुरधाम - विश्व साइकल दिवसको अवसरमा वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासले साइकल र्‍याली...

नेपालले तिब्बती शरणार्थीको धार्मिक अधिकार हनन गरेको अमेरिकी आरोप (प्रतिवेदन सहित)

इकागज | जेठ २१, २०७९

काठमाडौँ– अमेरिकी विदेश मन्त्रालयको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ले नेपा...

नेपाल-भारत सीमा विवादः लालपुर्जा भएका नेपाली नागरिकलाई जमिन जोत्न दिने सहमति

इकागज | जेठ २०, २०७९

कञ्चनपुर - भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बेलौरी नगरपालिका–१० सडक घाटमा नेपाली नागरिकलाई ...