कूटनीति

देउवा र मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना (तस्बिरहरू)

इकागज | जेठ २, २०७९

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थना गरेका छन् । 

एक दिने नेपाल भ्रमणको सिलसिलामा भारतीय प्रधानमन्त्री मोदी आज विहान १०:४५ बजे लुम्बिनी आइपुगेका थिए । 

भारतीय वायु सेनाको हेलिकप्टरमा मोदी लुम्बिनी आएका हुन् । उनलाई लुम्बिनीमा प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । त्यसपछि दुवै देशका प्रधानमन्त्री प्रार्थनाको लागि मायादेवी मन्दिर गएका थिए ।

‘बुद्ध पूर्णिमाको पावन अवसरमा दुवै प्रधानमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थन गरेका छन्,’ परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएको छ । 

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन आएका हुन् । उनले आज ६ घण्टा लुम्बिनीमा बिताई स्वदेश फर्कने परराष्ट्रले जनाएको छ । 

लुम्बिनी आइपुगे मोदी

इकागज | जेठ २, २०७९

काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनी आइपुगेका छन् । ११ सदस्यीय प्रतिनिधिमण्डलको ने...

मोदी भोलि नेपाल आउँदैः लुम्बिनीमा ६ घण्टा बिताउने, यस्तो छ कार्यक्रम

इकागज | जेठ १, २०७९

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ६ घण्टाको लागि नेपाल आउँदै छन् । भारतीय प्रधानम...

परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्‍यो मोदीको लुम्बिनी भ्रमण तालिका

इकागज | बैशाख २९, २०७९

काठमाडौँ– परराष्ट्र मन्त्रालयले नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भ्रमण ता...

परराष्ट्र मन्त्रालयले भन्यो – भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे आधिकारिक खबर केही आएको छैन

इकागज | बैशाख २०, २०७९

काठमाडौँ- परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे अहिलेसम्म कुनै आधिकारिक जानका...

अमेरिका-नेपाल कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष : दूतावासको कार्यक्रममा को-को गए ? (तस्बिरहरू)

इकागज | बैशाख १७, २०७९

काठमाडौँ- अमेरिका र नेपालको कूटनीतिक सम्बन्धको ७५औँ वर्ष पुगेको अवसरमा नेपालस्थित अमेरिकी दूतावासले ए...

अमेरिकासँग कूटनीतिक सम्बन्ध स्थापना भएको ‘प्लाटिनम जुब्ली’मा ब्लिंकेनको सन्देश

इकागज | बैशाख १६, २०७९

काठमाडौँ– नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ आज मनाइँदैछ । कूटनीतिक सम्बन्धको ७...