कूटनीति

नेपाललाई इयुको प्रतिबन्ध सूचीबाट हटाउन माग

इकागज | जेठ १२, २०७९

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ । 

मन्त्री आले तथा राजदूत डिप्रेजबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले इयुको सेफ्टी लिष्ट (प्रतिबन्ध) बाट नेपाललाई कसरी हटाउने भन्ने विषयमा छलफल भएको मन्त्री आलेका निजी सचिव मनोज अधिकारीले जानकारी दिए । 

उक्त भेटवार्ताका क्रममा मन्त्री आलेले राजदूत डिप्रेजलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले नेपालको उडान सुरक्षाका आठ क्षेत्रमा नियामक निकायको हैसियतमा पालना गरेका कार्यको परीक्षणमा परिपालना दर प्रारम्भिक नतिजाअनुसार ७०.१ प्रतिशत रहेको र यो दर विश्वका अन्य देशका तुलनामा औसतभन्दा बढी भएकाले नेपाली आकास सुरक्षित रहेको बताए । 

उनले भने, `आइकाओको नतिजाअनुसार नेपाली आकास सुरक्षित रहेको भन्ने देखाएको छ, अब नेपाल इयुको प्रतिबन्ध सूचीबाट हट्नुपर्छ ।`

आठ वर्षअघि इयुले नेपालको हवाई सुरक्षा कमजोर भएको मूल्यांकन गर्दै कालोसूचीमा राखेको हो । उता नेपालले हवाई सुरक्षाका क्षेत्रमा राम्रो सुधार गरेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले नेपालको नाम आफ्नो कालोसूचीबाट हटाइ सकेको छ । इयुले नेपालको हवाइ क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम पाइलटको योग्यता र तालिम हुनुपर्ने जनाएको थियो ।

सोही भेटवार्ताका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीपकुमार अधिकारीले हाल प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको मापदण्डअनुसार पाइलटको योग्यता र तालिम व्यवस्थित रहेको जानकारी पनि दिएका थिए । 

हाल नेपाल वायुसेवा निगम, बुद्ध एयर र हिमालय एयरलाइन्स गरी तीन वटा नेपाली वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्ने गरेका भए पनि इयुको कालोसूचीबाट नहटेसम्म युरोप उडान गर्ने अवस्था नभएको बताइएको छ । रासस

अमेरिकी उप–विदेशमन्त्री तिब्बती शरणार्थी शिविर पुगेको प्रति रावलको टिप्पणी - एमसीसी सम्झौतापछि पहिलो हस्तक्षेपकारी कार्य

इकागज | जेठ ८, २०७९

काठमाडौँ - नेकपा (एमाले) का नेता भीम रावलले एमसीसी अनुमोदनपछि अमेरिकाले हस्तक्षेप बढाएको भन्दै ...

दलाई लामाको जन्मदिन समेत मनाउन नपाएका तिब्बतीले गतिविधि गर्न पाउलान् ?

इकागज | जेठ ७, २०७९

काठमाडौँ– नेपालमा चीनको प्रभाव बढ्दै गएपछि यहाँ बसोबास गरिरहेका तिब्बती शरणार्थीलाई सरकारले निर्...

भारतमा दलाई लामासँग भेटेकी अमेरिकी उप–विदेश मन्त्री उजरा जेया नेपालको तीन दिने भ्रमणमा

इकागज | जेठ ६, २०७९

काठमाडौँ– भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामालाई भेटेकी अमेरिकी नागरिक...

नेपालीमा भाषण गर्दै मोदीले भने- बुद्धको जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ

इकागज | जेठ २, २०७९

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीम...