दल

सबै कम्युनिष्ट पार्टीहरु एक हुनुपर्नेमा वामदेवको जोड

इकागज |
साउन १२, २०८१ शनिबार १६:३६ बजे

काठमाडौँ - नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेपालमा सबै कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने बताएका छन् । 

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गौतमले सबै कम्युनिष्ट दलहरू गम्भीर भएर एकताबद्ध हुनुपर्ने बताएका हुन् । 


शक्तिशाली कम्युनिष्ट पार्टी चाहिएको छ भने कुनै एक पार्टीले पहल लिनुपर्ने र बलियो कम्युनिष्ट पार्टीबाट मात्रै समाजवाद सम्भव भएको उनको भनाइ छ । 

उनले मञ्चमा रहेका अन्य कम्युनिष्ट नेताहरूलाई एउटै पार्टी बनाउनका लागि आफ्नो प्रस्तावलाई समर्थन गर्न आग्रह समेत गरे । 

उनले यसअघि आफ्नो पहलमा कम्युनिष्ट एकता भएपनि दिगो हुन नसकेको उल्लेख गरे । 


Author

थप समाचार
x