एमाले केन्द्रीय सदस्यमा विष्णु रिजालको उम्मेद्वारी घोषणा
काठमाडौँ- नेकपा (एमाले) नेता विष्णु रिजालले पार्टीको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् । चितवनमा बन्दसत्र सुरु हुनुअघि उनले कर्णाली भुगोलबाट खुला केन्द्रीय सदस्यमा उम्मेद्वारीको घोषणा गरेका हुन् । एमालेको बन्दसत्र र मनोनयन दर्ता आज नै हुँदैछ ।
नेता रिजाल एमालेका वर्तमान केन्द्रीय सदस्य हुन् ।
एमाले अध्यक्ष केपी ओलीले पार्टी एकतामा विशेष जोड दिँदै केन्द्रीय पदाधिकारी र सदस्ययकाे संख्या थप्न गर्न राखेको प्रस्ताव केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत रूपमा पारित भइसकेको छ ।
अब केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । एमालेले पोलिटब्यूरो ब्यूताएको छ । ९९ सदस्यीय पोलिटब्यूरो हुनेछ भने ४५ सदस्यीय स्थायी कमिटी यथावत् छ ।
पदाधिकारी संख्या बढाएर १९ सदस्यीय पुर्याउने निर्णय भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया