दलित र मधेसी महिलातर्फका १० केन्द्रीय सदस्य निर्विरोध
चितवन - एमालेको १०औं महाधिवेशनबाट दलित महिला सदस्यतर्फका चार जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार दलिततर्फका चार जना केन्द्रीय सदस्यमा विष्णुमाया विक, रामरतिदेवी राम, शिवकुमारी गोतमे र सविता रसाइली निर्विरोध निर्वाचित भएका हुन् ।
चार सदस्यमध्ये चार जनाको मात्र मनोनयन दर्ता भएका कारण उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
दलित पुरुषतर्फका आठ जना केन्द्रीय सदस्यमा ११ जनाको मनोनयन दर्ता भएको छ । मधेसी महिला क्लस्टरका ६ जना केन्द्रीय सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार सो पदका लागि कमलादेवी महता, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी शाह, शिला यादव र सरिताकुमारी गिरी (यादव)को मात्र मनोनयन दर्ता भएकाले उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया