प्रवास

१४ बुँदे घोषणापत्र जारी गर्दै 'प्रकोप र महामारी सम्बन्धी' सम्मेलन सकियो

इकागज |
चैत १८, २०७७ बुधवार १८:५२ बजे

काठमाडौँ : डीइसिएमटी विज्ञ सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । गैरआवासिय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको प्रकोप ब्यबस्थापन सम्बन्धी कार्यदलको आयोजनामा राजधानीमा क्यानबेरामा संचालित उक्त सम्मेलन सकिएको हो ।

अष्ट्रेलियाका नेपालीहरू माझ पहिलो पटक आयोजित यो सम्मेलनको उद्घाटन अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश राज दाहालले गरेका थिए । यो अवसरमा प्रकोप ब्यबस्थापन र कोभिड-१९ को महामारीमा अष्ट्रेलियास्थित विज्ञ र पेशाकर्मीहरूले गरेका अनुसन्धान र पेशागत सँलग्नता बारे प्रस्तुती दिइएको थियो ।


कार्यक्रममा राजदूत दाहालले एनआरएन अष्ट्रेलियाले नेपाली दुताबास अष्ट्रेलियाली नेपाली डाक्टर र डेन्टिस्टहरूको सँस्था एम्डा, नेपाली सामुदायिक सँघ सँस्थाहरूको फेडरेशन फेन्का लगायतका केही सँस्था सँग मिलेर पहिलो पटक यो तहको उच्च स्तरिय सम्मेलन आयोजना गरेर नेपाल र अष्ट्रेलियाको नेपाली समाजको ज्ञान र शीप बढाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकलाई धन्यवाद दिए ।

राजदूत दाहालले सोही अवसरमा सम्लेलनका संयोजक तथा एनआरएन अष्ट्रेलियाका प्रकोप व्यवस्थापन कार्यदलका संयोजक डा.भरतराज पौडेल, डा.राजु अधिकारी र डा.रामकृष्ण निरौला द्वारा लिखित नेपाल साइन्स फाउण्डेशन र एनआरएन अष्ट्रेलियाको सयुंक्त पहलमा तयार 'डाइसेक्टिङ दि प्याण्डेमिक कोभिड-१९' नामक पुस्तकको भर्चुअल लोकार्पणसमेत गरिएको छ ।


Author

थप समाचार
x