प्रवास

अमेरिकामा गोली हानेर पोखराका युवाको हत्या

इकागज |
चैत २६, २०७७ बिहीबार १२:३८ बजे

काठमाडौँ : अमेरिकामा एक नेपाली युवाको हत्या भएको छ । टेक्सास राज्यमा बस्दै आएका पोखरा सराङकोटका युवा रमेश थापाको गोली हानेर हत्या भएको हो ।

अस्टिन शहरको स्प्रिङ रोडस्थित कंकड अपार्डमेन्ट मंगलबार गोली चलेको थियो । जहाँ नेपाली युवा थापाको हत्या गरिएको अवस्थामा शव भेटिएको अमेरिकी प्रहरीले जनाएको छ । १० वर्षअघि अमेरिका पुगेका उनको हत्याको बारेमा थप अनुसन्धान चलिरहेको जनाइएको छ । 



Author

थप समाचार
x