प्रवास

जापानमा कविता प्रतियोगिता : 'देशको रंङ' पहिलो, ‘उधारो सपना’ तेस्रो

संगीता कुँवर |
चैत २८, २०७७ शनिवार ७:२४ बजे

जापान : जापानव्‍यापी खुल्ला कविता प्रतियोगितामा विमन किराँतीको कविता प्रथम भएको छ । एनआरएन जापान कान्साइ क्षेत्रीय समितिले आयोजना गरेको प्रतियोगीतमा ‘देशको रङ्ग’ शीर्षकको कविता प्रथम भएको हो । त्यस्तै मन्जुल बराइलीको कविता ‘वेपत्ता पसिनाहरू’ दोस्रो भएको छ भने सयपत्री थुलुङको ‘उधारो सपना’ शीर्षकको कविता तेस्रो भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमश: ५० हजार,  ३० हजार  र २० हजार  जापानी येन प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट १० कविताका स्रष्टालाई  प्रमाणपत्र समेत प्रदान गरिएको थियो । जापानभित्र कलम चलाउने कविका ४९ वटा कविता प्रतिस्पर्धामा थिए । जापानमा बस्‍ने गर्ने साहित्यिक क्षेत्रमा राम्रो प्रतिभा भएकाहरुको हौसला प्रदान गर्न एनआरएन कान्साईले प्रतियोगिताका आयोजना गरेको संयोजक नरेन्द्र बस्नेतले बताए ।


अन्तराष्ट्रिय साहित्य समाज जापानले पनि यस्ता प्रतियोगिता लेख्‍नेहरूलाई हौसलासँगै प्रोत्साहन मिल्ने बताउँदै विजयी कविलाई बधाइ दिएको छ । पछिल्‍लो समय जापानमा साहित्यमा कलम चलाउने स्रष्टाहरुको संख्या बढ्दो छ ।


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x