प्रवास

जापानमा नेपालीको संख्या १ लाख २५ हजार बढी

इकागज |
कात्तिक १, २०७९ मंगलबार १०:३१ बजे

फाइल तस्बिर

जापान - जापानमा नेपालीहरूको संख्या १ लाख २५ हजार बढी  रहेको नयाँ तथ्याङ्कले देखाएको  छ । सन् २०२२ को जुन महिनासम्म रहेका नेपालीको संख्या १ लाख २५ हजार ७९८ पुगेको जापान सरकारको नयाँ तथ्याङ्कले देखाएको हो।

सार्वजनिक नयाँ तथ्याङ्कअनुसार सन् २०१२ को जुनको अन्त्यमा जापानमा २४ हजार ७१ जना नेपाली रहेकोमा १० बर्षमा एक लाख भन्दा बढीले नेपालीको संख्या बढेको हो । सबैभन्दा बढी डिपेन्डेन्ट भिसामा ३७ हजार ८८२ जना छन् ।


दोस्रो स्थानमा विद्यार्थी भिसामा ३२ हजार ३३६ नेपाली रहेका छन् भनें तेस्रो स्थानमा रहेका विश्वविद्यालय उत्तीर्ण गरेर रोजगार भिसामा रहेका र नेपालबाट पढाइ सकि काम गर्ने भिसामा आएका २४ हजार १२७ जना छन् ।

बाँकी व्यवसायिक भिसा,लामो समय जापान बस्ने भिसालगायत अन्य भिसामा बस्नेको संख्या छ । पछिल्लो समय जापानी कामदारको माझमा नेपाली कामदारको माग पनि बढ्न थालेको छ ।

नेपाली विद्यार्थीको रोजाइमा पनि जापान पर्ने भएकोले नेपालीको संख्या बढ्ने अनुमान पनि गर्न सकिन्छ । जापान सुरक्षित, राम्रो कमाइ,काम पाउन सजिलो, कामदारको सम्मान गर्ने देश भएका कारण नेपाली कामदारको रोजाइमा छ ।


Author

थप समाचार
x