प्रवास

अन्तर्राष्ट्रिय नेपाली समाज जर्मनीको अध्‍यक्षमा सुमन बस्‍नेत

इकागज |
बैशाख २४, २०७८ शुक्रबार १८:५ बजे

काठमाडौँ : अन्तर्राष्ट्रिय नेपाली समाज जर्मनीको राष्ट्रिय कार्यसमितिको अध्‍यक्षमा सुमन बस्नेत चयन भएका छन् । बुधबार भर्चुअल रूपमा सम्‍पन्‍न समाजको भेलाले बस्‍नेतलाई अध्‍यक्षमा चयन गरेको हो  । जसको  वरिष्ठ उपाध्यक्षमा बिनोद ढकाल र उपाध्यक्षहरूमा  मुना कार्की र  राधा गौतम चयन भएका छन् । 

महासचिवमा विकाश सुवेदी र सचिवहरूमा प्रदीप परियार, अमृत लामिछाने चयन भएका छन् । समितिको कोषाध्यक्षमा पशुपति तामाङ , सह-कोषाध्यक्षमा टीकाराम बस्याल चयन भएका छन् । सदस्यहरूमा कृष्ण क्षेत्री, कपिल कार्की, मुन कुमारी गुरुङलगायत छन्। नवगठित कार्यसमितिले मोहन बहादुर कार्की, हुमनाथ ढकाल र भरत चलाउनेलाई सल्लाहकारको रूपमा चयन गरेको छ ।


कार्यक्रममा अन्तराष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले सबैसँग सहकार्य गर्दै संसारभरका नेपालीको हित र विकासमा काम गर्न संस्थाको स्थापना गरिएको बताए । गैरआवासीय नेपाली संघका वर्तमान अध्यक्ष हरि न्यौपानेले अन्तराष्ट्रिय नेपाली समाजले संसारभरीका नेपालीलाई जोड्ने विश्‍वास व्‍यक्‍त गरे । कार्यक्रमका  विशेष अतिथि कवि तथा राष्ट्रिय गीतका रचनाकार  ब्याकुल माईला ( प्रदीप कुमार राई) ले शुभकामना दिएका थिए । 
 


Author

थप समाचार
x