यी हुन् सिक्किमको हिउँ पहिरोमा परेर मृत्यु हुने तीन नेपाली
सिक्किम- गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । भारतीय सेनाले जारी गरेको एक विज्ञप्ति अनुसार तीन नेपालीसहितको सातको मृत्यु भएको हो ।
उक्त हिउँ पहिरोमा परेर एक दर्जन बढी घाइते भएका छन् । यसरी हिउँ पहिरोमा परेर मृत्यु हुने नेपालीहरूमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको भारतीय सेनाले जनाएको छ ।
स्थानीय समय अनुसार मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरू सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका पछि खोजबिन सुरु गरिएको थियो ।
जसअनुसार १४ जनालाई उद्धार गरेर नजिकैको भारती सेनाको क्याम्पमा लगिएको थियो । जसमध्ये सात जनाको मृत्यु भएको र अन्य सात जनालाई प्राथमिक उपचार गरी गान्तोक फर्काएको भारतीय सेनाको विज्ञप्तिमा उल्लेख छ ।
पर्यटकीय गन्तव्यसमेत रहेको क्षेत्र गान्तोकबाट करिब ५५ किलोमिटर टाढा पर्दछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया