प्रवास

थाइल्याण्डमा राजतन्त्रविरुद्ध आन्दोलन

इकागज |
असोज ३०, २०७७ शुक्रबार ७:५५ बजे

काठमाडौं : थाइल्यान्डमा राजतन्त्र र राजपरिवारविरुद्ध बोल्न वा लेख्न नपाए पछि राजाविरोधी आन्दोलन चर्किएको छ । प्रदर्शनकारीहरूले राजा महा वाचिरालङ्कनविरुद्ध नारावाजी गरिरहेका छन् । उक्त नाराबाजीमा थाईहरू मात्र नभएका र त्यहाँ रहेका नेपाली समेत सहभागी भएको भन्दै यसबारेमा बैंककको सुखुम्भेद रोडमा रहेको नेपाली दुतावासलाई जानकारी गराइएको छ ।

थाइल्याण्डमा यस्ता अभूतपूर्व रूपमा नाराबाजी हुनुलाई अनौठो रुपमा लिइएको छ भने आफ्ना नागरिकहरुलाई सलंग्न हुन नदिन थाई सरकारले सबै नियोगहरुलाई पत्राचार गरेको र सजग रहन पनि भनेको परराष्ट्र अधिकारीले जानकारी दिए ।


अधिकांश समय विदेशमा रहने उनी जर्मनीबाट फर्कदा त्यहाँ विरोध भएको हो । विद्यार्थीले गरेको प्रदर्शनमा विदेशी विद्यार्थीहरु पनि त्यसमा सामेल भएको भन्दै त्यसप्रकारको पत्राचार भएको हुनसक्ने अधिकारीहरु बताउँछन । आफ्नो राजाविरुद्ध प्रदर्शन भएपछि थाइल्याण्डभर शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न संकटकालीन आदेश जारी गरेको छ । शान्ति र सुव्यवस्था कायम गर्न संकटकाल लगाउनुपरेको बताएको छ ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री प्रयुथ चान-ओचाको राजीनामासँगै राजाको अधिकार कटौती खोजेका छन् । सरकार त्यो दुवै सर्त मान्ने तरखरमा छैन । राजा र सेनाप्रति बफादार मानिने प्रधानमन्त्री सत्ता त्याग्न दबाब दिने उद्देश्यले थाइल्यान्डमा तीन महिनादेखि नियमित जसो प्रदर्शनहरू हुँदै आएको छ ।

‘तानाशाहको अन्त्य गर । लोकतन्त्र अमर रहोस’ भन्ने नारा लगाएका प्रदर्शनकारीहरू लोकतान्त्रिक स्मारकमा भेला भएका थिए । लोकतन्त्र पक्षधर प्रदर्शनकारीको राजतन्त्र समर्थकबीच केही स्थानमा झडपसमेत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।


Author

थप समाचार
x