प्रवास

संक्रमित ट्रम्प चुनावी र्‍यालीमा

इकागज |
असोज ३०, २०७७ शुक्रबार ७:५९ बजे

फ्लोरिडा (अमेरिका) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ को संक्रमणबाट आफू ठीक भएको भन्दै सामाजिक दुरीबेगर चुनावी र्‍यालीमा सहभागी भएका छन् । दुई साताभन्दा कम समयमै उनी चुनावी र्‍याली आयोजनामा सहभागी हुँदैछन् । फ्लोरिडामा उपस्थित भेलालाई सम्बोधन समेत गरेका उनले आफू स्वास्थ्य रहेको भन्दै आफ रोग ‘रोगप्रतिरोधी’ बनेको बताए।

बीबीसीका अनुसार, ट्रम्पले चुनावी प्रतिस्पर्धी जो बाइडेनलाई ‘कट्टर समाजवादीहरूको कठपुतली’ को संज्ञा दिए । उनको सञ्चारकर्मी र सञ्चार माध्यमप्रति आक्रोश पनि उत्तिकै थियो । सञ्चारमाध्यमले आफूप्रति पूर्वाग्रह राखेको भन्दै उक्त रोष ब्यक्त गरेका हुन् ।


अमेरिकामा कोरोनाबाट २ लाख १९ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको भए पनि त्यहाँ कोरानाको बारेमा अझै चेतना सुन्य झै छ । फ्लोरिडा राज्यको स्यान्डफोर्ड नगरमा भएको र्‍यालीका सहभागीले सामाजिक दूरी पालना गरेका थिएनन् भने कैयौं बिनामास्क उपस्थित थिए। उनले समर्थकलाई मास्क तथा सामाजिक दूरीजस्ता सुरक्षात्मक उपायबारे प्रोत्साहन नगरेको भन्दै आलोचना गरे ।

कोभिड-१९ को संक्रमणपछि क्वारेन्टाइमा रहेकी ह्वाइट हाउसकी प्रेस सचिव केली मकइनानीले र्‍यालीका सहभागीलाई मास्क लगाउन प्रोत्साहन गरिने र सेनिटाइजरको व्यवस्था गरिने बताएको बीबीसीले जनाएको छ। डेमोक्र्याट प्रतिस्पर्धी बाइडेनले पनि राष्ट्रपतिको व्यवहारको आलोचना गरेका छन्। ‘राष्ट्रपति ट्रम्प आज स्यानफोर्ड त आए । तर उनले गैरजिम्मेवार व्यवहार, विभाजनकारी विचार र त्रास फैलाउने कामबाहेक केही ल्याएनन्’ उनले भने ।

राष्ट्रपति ट्रम्पले आगामी चार दिनमा चार राज्यका चुनावी कार्यक्रममा सहभागी हुने छन् । उनी त्यहाँबाट पेनसिल्भेनिया, आयोवा र नर्थ क्यारोलिनामा कार्यक्रमहरू गर्दैछन्। 


Author

थप समाचार
x