प्रवास

पेरिससहित कैयन शहरमा रात्रीकालिन कर्फ्यू

इकागज |
असोज ३०, २०७७ शुक्रबार ८:३ बजे

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर यूरोपमा प्रवेश गरेको भन्दै त्यसको संक्रमण नियन्त्रण गर्न फ्रान्सले पेरिससहित दर्जन शहरमा सहरमा रात्रीकालीन कर्फ्यूको घोषणा गरेको छ । पहिलो चरणमा उसले नौ सहरमा कर्फ्यू लगाउने तयारी गरेको नेपाली दूतवाासले जानकारी पाएको छ । दुतावासले त्यहाँ रहेका नेपालीलाई जानकारी समेत गराएको छ । फ्रान्समा अन्य यूरोपेली मुलुकमा भन्दा कम नेपाली छन ।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले शनिबारदेखि कार्यान्वयनमा आउने गरी बेलुका सात बजेदेखि बिहान ६ बजेसम्म ११ घण्टे रात्रीकालीन कर्फ्यूको घोषणा गरेका हुन् । कर्फ्यूसँगै सार्वजनिक स्वास्थ्य आपतकालीन पनि घोषणा गरिएको छ ।


हुन त, उता जर्मनीले पनि कोरोना संक्रमण नियन्त्रण गर्न जोखिमपूर्ण क्षेत्रमा बार र रेष्टुरेन्ट बन्द गर्ने निर्णय गरेको थियो । बुधबार जर्मन चान्सलर एन्जेला मर्केलले त्यस्तो घोषणा गरेकी हुन । उनले गत अप्रिलपछि पहिलोपटक एकैदिन पाँच हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेसँगै सामाजिक गतिविधिमा प्रतिबन्धको नियम अघि सारेकी हुन् । जर्मनीमा रहेका नेपालीहरु पनि यतिबेला कामको खोजीमा भौतारिएका छन् ।

कतिपय स्थानमा दुई परिवारका १० जनाभन्दा धेरै मानिस जम्मा हुन नपाउने पनि भनिएको छ । यूरोपमा कोरोनाको दोस्रो लहर फैलिएसँगै युरोपेली नेतृत्वहरु सजक देखिएका छन ।


Author

थप समाचार
x