प्रवास

७५ वर्षपछि ‘अर्थक्‍वेक’ बम पड्कियो

इकागज |
असोज ३०, २०७७ शुक्रबार ८:१२ बजे

काठमाडौं : दोस्रो विश्वयुद्ध भएको ७५ वर्षपछि त्यतिबेला युद्धमा उपयोग भएको एक बम पोल्याण्डमा भेटिएको छ । उक्त बम निस्तेज गर्ने गर्ने प्रयासको क्रममा पानीमुनी विस्फोट भएको छ । उक्त वम निस्तेजमा सहभागि कोही पनि घाइते नभएको बीबीसीले जनाएको छ ।

अर्थक्‍वेक नामक त्यो बम दोस्रो विश्वयुद्धमा उपयोग भएको र पड्किन बाँकी सबै भन्दा ठूलो बम रहेको पुष्टि पनि बीबीसीले गरेको छ । ब्रिटेनको रोयल एअर फोर्सले टलब्वाई वा ‘अर्थक्‍वेक’ बम पनि भनिने उक्त बम सन् १९४५ मा हवाई आक्रमण गर्दा खसालेको जानकार दिइएको छ ।


विश्वयुद्धमा नेपाली गोर्खाहरुले पनि विरगति प्राप्त गरेका थिए । जापानले पनि गोर्खालाई सम्झने गर्छ । त्यहाँ पनि बेलायतीले गोर्खा उपयोग गरेको हुन सक्ने अनुमान नभएका होइनन । 


Author

थप समाचार
x