प्रवास

मकाउँको एनआरएन अध्यक्षमा भिमसेन श्रेष्ठ निर्वाचित

इकागज |
साउन ८, २०८० सोमबार २०:१९ बजे

काठमाडौँ - मकाउँको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा भिमशेन श्रेष्ठ निर्वाचित भएका छन्। शुक्रबार भएको अधिवेशनमा सन् २०२३-२०२५ का लागि उनी निर्वाचित भएका हुन्। 

प्रथम उपाध्यक्षमा शिव थापा, द्वितीय उपाध्यक्ष निरञ्जन खड्का, युवा उपाध्यक्षमा सुरेश सिंह सुनार निर्विरोध निर्वाचित भएका छन्। 


त्यसैगरी, महासचिवमा अमृत गुरुङ सचिवद्धयमा रविन्द्र महर्जन र धिरेन्द्र सिटौला कोषाध्यक्षमा दिपक तामाङ सह(कोषाध्यक्षमा मकर राई, युवा संयोजकमा विशाल पौडेल र महिला संयोजक मा सञ्जु नगरकोटी निर्वाचित भएका छन् ।

सदस्यमा सचिन कपाली, दिलिप खड्का, हर्क जंग गुरुङ, सन्दिप पनेरु , मणी गुरुङ, डिल्ली बहादुर खड्का, सम्झना भुसाल ,अमृत ​​गौतम ,सन्तोष रिजाल, सुमन तामाङ निर्वाचित भएका हुन्। 

अधिवेशनमा  प्रमुख निर्वाचन आयुक्त युवराज न्यौपानेले श्रेस्ठको अध्यक्षताको कार्यसमितीलाई निर्विरोध घोषणा गरेका थिए । अधिवेशनको उदघाटन  नेपाली महावाणिज्य दुतावास हङकङ मकाउँका वाणिज्यदुत शउदय बहादुर राना मगरले गरेका थिए । उनले मकाउँमा नेपालको पर्यटनमा प्रर्बद्धन र समस्त गैर(आवाशीय नेपालीले एक(आपसमा मिलेर एक ढिक्का भई अगाडी बढ्नेमा जोड दिनुपर्ने बताएका थिए ।

एनआरएन मकाउँका संरक्षक तथा ब्रोदरहुड एशोसिएसनका अध्यक्ष बम लिम्बु, एनआरएन मकाउँका संरक्षक तथा सल्लाहकार  बिकेन जोशी, एनआरएन मकाउँका संरक्षक तथा मका बडीबिल्डिङ तथा फिटनेश एशोसिएसन का  अध्यक्ष किङस्टोन बाबा श्रीजन (लेइ वाइ सन) र एनआरएन अभियान्ता तथा लालीगुराँस एशोशिएसन हङकङका अध्यक्ष चेतन गुरुङ लगायत अन्य सदस्यले शुभकामना प्रदान गरेका थिए  ्र
 


Author

थप समाचार
x