Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

प्रवास

एनआरएनए जापानको महासचिवमा कमल बाँस्तोलाले उम्मेदवारी  दिने

इकागज |
साउन ११, २०८० बिहीबार १०:५० बजे

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिवमा कमल बाँस्तोलाले उम्मेदवारी दिने भएका छन् । एक दशकभन्दा लामो समयदेखि जापानमा बस्दै आएका बाँस्तोलाले महासचिवमा उम्मेदवारी दिने तयारी गरेका हुन् । 

जापानमा रहेका नेपालीहरूको हकहितका लागि सक्रिय भएर लागेका छन् । कास्की पोखरामा जन्मिएका बाँस्तोला  ले नेपालबाट विज्ञान विषयमा पृथ्वीनारायण क्याम्पसबाट स्नातक तह उत्र्तिण गरेका थिए । 


जापानमा विद्यार्थी भिसा मार्फत प्रवेश गरेका थिए । ४ वर्ष जापानमा अध्ययन गरिसकेपछि विगत १० वर्षदेखि जापानी कम्पनीमा कार्यरत छन् । 

जापानीज भाषामा पोख्त रहेका उनी जापानमा विभिन्न सामाजिक कार्यमा समेत सक्रिय हुँदै आएका छन् । जापान र नेपालमा काम गर्दै गर्दा संस्थालाई कसरी अगाडि बढाउनुपर्छ भन्ने राम्रो जानकारी राखेका छन् । सोही आधारमा एनआरएनएको महासचिव पदमा उम्मेदवारी दिन लागेको बताए । 

महासचिवमा निर्वाचित भए नेपालीका मुद्धा र समस्याका विषयमा सशक्त भएर लाग्ने प्रतिबद्धता उनको रहेको छ । हाल एनआरएनए जापानको सदस्य रहेका उनी अन्य विभिन्न संघ संस्थामा रहेर सामाजिक कार्य समेत गर्दै आएका छन् । 

कास्की पोखरा समाज जापानमा विगत २ कार्यकाल उपाध्यक्षको रूपमा काम गर्दै आएका छन् । हाल क्ष्ज्ल्इ मा कार्यरत रही जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् । उक्त कार्यबाट हालसम्म ५०० भन्दा बढी नेपाली विद्यार्थीले १० करोडभन्दा बढीको छात्रवृृत्ति प्राप्त गरिसकेका छन् । टोकियोमा हुँदै आएको नेपाल फेस्टिभल २०२२ तथा २०२३ को आयोजनामा समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

जापानमा रहँदा नेपाली विद्यार्थीले भोग्दै आएका समस्याबाट आफु जानकार रहेको उनको भनाई छ । महासचिवमा निर्वाचित भएपछि ति समस्या समाधानका लागि सक्रिय भएर लाग्ने उनको प्रतिबद्धता छ ।


Author

थप समाचार
x