प्रवास

सिड्नीको अर्बन नेपाली समाजमा रबिन्द्रकुमार शर्माको नेतृत्व

इकागज |
जेठ १३, २०७८ बिहीबार ११:५५ बजे

अष्ट्रेलिया : सिड्नीबासी नेपालीले रबिन्दकुमार शर्मा अर्बन नेपाली समाजको अध्यक्ष चयन गरेका छन् । दस वर्ष अघि विद्यार्थीको रुपमा अष्ट्रेलिया छिरेका शर्मा सिड्नी कै बासिन्दा हुन् । बाबा एजुकेसन कन्सल्टेन्सी चलाउँदै आएका शर्माले आर के एस अष्ट्रेलिया मार्फत सिड्नीको नेपाली समाजमा प्रशंसनीय काम गर्दै आइरहेका छन ।

संस्थाको अध्यक्ष चुनिएसँगै उनले नेपाली समुदायका लागि दिलोज्यानले काम गर्ने बताएका छन् । ‘आगामी दिनमा सस्थालाई सामूहिक रूपमा नेपालीहरूको हक हितको पक्षमा दिलो ज्यानले लागाउंन् प्रतिबद्धता ब्यक्त गर्दछु’ अध्यक्ष पदमा चुनिएपछी शर्माले भने ।


अध्यक्षसँगै भेला बाँकी कार्यसमिति पनि चयन गरेको हो । जसअनुसार समाजको उपाध्यÞक्षमा जितेन्द्र श्रेष्ठ र सबिन डाँगी, महासचिबमा सन्तोष आचार्य, सचिवमा राजेश टण्डन, कोषाध्यक्षमा तमन्ना शर्मा, महिला संयोजकमा सबला बस्नेत, युवा संयोजकमा युद्धिका कुँवर चयन भएका छन भने सदस्यहरूमा मनोज अधिकारी, भूपेन्द्र कंडेल, आयुष अधिकारी , निशान कार्की , धिरेन बहादुर थापा र दीपेन्द्र घिमिरे चयन भएका छन ।

समाजले सल्लाहकारहरूमा दिनेशकुमार पोखरेल,मनरिषि धिताल, रमेश बानियाँ, राजकुमार श्रेष्ठ, राजु गिरी र शशी राईलाई चयन गरेको छ भने समाजले पूर्ब अध्यक्ष अशोक उप्रेतीलाई संरक्षकको रूपमा चयन गरेको छ ।


Author

थप समाचार
x