एनआरएन आइसीसीको केन्द्रीय कोषाध्यक्षमा ठाकुरको उम्मेदवारी घोषणा
काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएन)को आगामी निर्वाचनमा ठाकुर प्रसाद ढुंगानाले आइसीसीको केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । अक्टोबरमा हुने एनआरएनए निर्वाचनमा उनले केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सन् २०१७-१९ र १९-२१ मा आईसिसि सदस्य रहेर काम गरिसकेका ढुंगानाले २०१७-१९ मा नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘अतिथि देवो भव’ अभियानको समेत नेतृत्व गरेका थिए ।
व्यवसायसँगै उनले परदेशमा रहेका नेपाली दाजुभाइ दिदि-बहिनीको दुख सुखमा साथ दिँदै आइरहेका छन् । स्थापित पर्यटन व्यवसायीको छवि बनाएका ढुंगाना आर्थिक व्यवस्थापन, श्रोत परिचालन, पारदर्शी आर्थिक प्रणाली तथा लेखा सम्बन्धित विषयमा गहिरो ज्ञान राख्दछन् ।
देशको बारेमा प्रचार गर्दै विश्वभरि पुग्ने क्रममा धेरै साथीभाइ कमाएको र सोही उत्प्रेरणाले यो कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको ढुंगानले बताए । आईसिसिको अनुरोधमा २०२१-२३ मा विश्वकै ढोकाको रूपमा रहेको एनआरएनए एनसीसी युएईको कार्यसमितिलाई मिलाउन समेत उनी सफल भए ।
समस्याको समाधान गरी नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गराउन आफू सफल भएको ढुंगाानाको भनाई छ । मलेसिया र मध्यपुर्वका आम श्रमिकको दुःख वुझेको र हरदम सहयोग गर्न तत्पर रहने नेतृत्वका रूपमा एनआरएनए भित्र ढुंगााना चिनिन्छन् ।
युरोप अस्ट्रेलिया अमेरिका डायस्पोराका आवश्यकता, गैर आवासीय नागरिकता र नेपालको विकासमा गैर आवासीय नेपालीहरूको भूमिका सूनिस्चित गर्न पहलकदमी लिने उनले प्रतिवद्धता समेत जनाएका छन् ।
नेपालको आर्थिक ऊन्नतिका अवरोधहरू त्यसको निराकरण गर्ने विधि र तीरका र गैर आवासीय नेपालीहरूको योगदान र भुमिका विषयमा स्पष्ट भिजन सहित उनले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको घोषणा गरेका छन् ।
धादिङको नीलकण्ठ नपा.५ खाल्टे घर भई हाल युएईको अवुधावीमा व्यवसाय गरिरहेका ढुंगाना सन् २०११ देखि एनआरएनए अभियानमा सक्रिय छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया