प्रवास

कोभिडले नेपालमा छोराको, जापानमा बाबुको मृत्यु

इकागज |
जेठ २९, २०७८ शनिबार ७:४६ बजे

जापान : कोभिड-१९ का कारण एक जना नेपालीको निधन भएको छ । गुल्मीको वामी घर भएका प्रेम (कृष्ण) केसीको कोभिड संक्रमणको कारण मृत्यु भएको हो ।

नेपालबाट जापान फर्कने क्रममा नारिता विमानस्थलमा गरिएको कोभिड परीक्षणमा संक्रमणको पुष्टि भएको थियो । केसीको उपचारको क्रममा निधन भएको हो । जापानमा कोभिड संक्रमणबाट मृत्यु हुने नेपालीको यो पहिलो घटना हो । केसीका जेठा छोराको २ महिना अघि नेपालमा कोभिड संक्रमणबाट निधन भएको थियो ।


४५ दिन अस्पतालमा राखेर उपचार गरेपनि फोक्सोमा सुधार आउन नसकेपछि निधन भएको केसीका आफन्त सुरेश केसीले बताए । केसीको शव शुक्रबार जापानमा अन्त्येष्टि गरिएको छ । 


Author

थप समाचार
x