प्रवास

प्रवासी नेपालीको पहलमा ‘अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी संघ’ गठन

इकागज |
जेठ २९, २०७८ शनिबार १८:२१ बजे

 काठमाडौं:  कर्मथलो प्रवास बनाएका उत्साही, जँंगरिला र आ– आफ्नो क्षेत्रका दक्ष प्रवासी युवाहरू अब एउटै छानामुनि आवद्ध भएका छन् । विश्वभरी छरिएर रहेका युवा ब्यवसायीहरूले  छाता संगठन ‘अन्तर्राष्ट्रिय नेपाली युवा  उद्यमी संघ’ अर्थात् फेडेरेसन अफ इन्टरनेसनल नेपाली युथ इन्टरप्रेनियर्स (अफआइएनइ )गठन गरेका हुन् ।

अष्ट्रेलियाका व्यवसायी स्वतन्त्रप्रताप शाहले विश्वभरी रहेका नेपाली व्यवसायीबीच व्यवसायिक सम्बन्ध विस्तारका लागि संस्था गठन गरेको बताएका छन् । शाहले भने ‘ संघको मुख्य उद्देश्य विश्वभरी रहेका नेपाली युवा व्यवसायीबीच चिनजान, व्यवायसायिक सोचहरूको आदान प्रदान र युवा साथीहरूलाई व्यवसाय गर्ने हौसला र सहयोग प्रदान गर्नु हो ।’ 


शाहले संघले विदेशमा व्यवसाय गर्ने युवा साथीहरू नेपालमा व्यवसाय गर्ने युवासाथीबीच पुलको काम गर्ने जानकारी दिएका छन । उनले अगाडि भने ‘ क्षमता र प्रतिभा भएकालाई  प्रोत्साहन गर्ने र कस्तो ब्यापार व्यवसायमा लगानी गर्दा राम्रो हुन्छ भन्ने जानकारी र सोचलाई पनि संघले मद्दत गर्नेछ ।’ 

कुनै देशमा रहेका प्रवासी नेपालीसँग व्यवसाय गर्ने सोच र पैसा हुन सक्छ तर उपाय नहुन सक्छ ।  नेपाल वा अर्को कुनै ठाउँमा भएको साथीसँग  व्यवसायको उपाय र पैसा नहुन सक्छ । स्वदेश र विदेशमा रहनु हुने नेपालीहरूलाई एउटै थलोमा जोड्ने पूलको काम संघले गर्ने पनि शाहले बताए ।

 यसैबीच संघसँग आबद्ध भएर यो सन्जालमा जोडिन चाहाने  व्यवसायीहरूको संख्या बढ्न थालेको छ । संघमा अष्ट्रेलियाबाट स्वतन्त्रप्रताप शाह ,डिला खरेल, समिम अनबर, बिजय पल र एसी सुजन छन भने जापानबाट आशिष रावल, सुजन जोशी , अकेन्द्र थापा, श्याम खड्का, र रिहिन्द्र गिरी रहेका छन । यसैगरी संघमा अमेरिकाबाट प्रकाश थापा,अफ्रिकाबाट रोशन थापा, चाइनाबाट प्रदीप न्यौपाने, ओम ज्ञवाली, बेलायतबाट मनिषा डंगोल श्रेष्ठ र मिडिलइस्टबाट कुमार कार्की जोडिएका छन् ।


Author

थप समाचार
x