गैरआवासी नेपाली संघ बेल्जियममा विवाद, अध्यक्षले एकलौटी गरेको आरोप
फाइल फोटो
काठमाडौँ - गैरआवासी नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटालाई संघमा एकलौटी गर्न खोजेको आरोप लागेको छ । महासचिव रुविना शर्माले एक विज्ञप्ति जारी गर्दै आफूसँग सल्लाह नै नगरी सापकोटाले एकलौटी बैठक आव्हान गरेपछि यस्तो आरोप लगाएकी हुन् ।
सापकोटाले आजका लागि संघको बैठक बोलाएकी थिइन् । तर उक्त बैठकबारे आफूलाई केही सरसल्लाह नगरेको र उपमहासचिवलाई प्रयोग गरेर बैठक डाकिएको प्रति आपत्ति भएको शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले तत्काल बैठक स्थगित गरेर एकताको बैठक गर्न आव्हनसमेत गरेकी छिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया