प्रवास

बहराइनमा रहेका नेपालीलाई कोभिडविरुद्धको खोप लगाउन दूतावासको आग्रह

इकागज |
असार ४, २०७८ शुक्रबार १५:८ बजे

काठमाडौँ : बहराइनस्थित नेपाली दूतावासले आफ्ना नेपाली कामदारलाई कोभिडविरुद्धको खोप लगाउन आग्रह गरेको छ । खोप लगाउन बाँकी रहेकालाई दूतावासले सूचना जारी गरी यस्तो आग्रह गरेको हो । दूतावासले नेपालीलाई खोप लगाउनका लागि तीन वटा केन्द्र तोकिएको पनि जनाएको छ । 'सबैलाई खोप कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ,' दूतावासले जारी सूचनामा उल्लेख छ । 

खोप कार्यक्रमा सहभागिता जनाउन दूतावासको वेभसाइटमा गएर फारम भर्न सकिन्छ । बहराइनका नागरिक सरह अन्य मुलुकका नागरिकलाई पनि खोप लगाउने वातावरण मिलाइएको दूतावासले जनाएको छ ।  



Author

थप समाचार
x