प्रवास

चार्टड उडानमा साउदी

एक लाख ६५ हजारको टिकट बोकेर ट्रलीमा लगेज गुडाइरहेका नेपाली (फोटो फिचर)

अतिन आचार्य |
असार ५, २०७८ शनिवार ८:२५ बजे

काठमाडौँ : तीन महिनापछि रौतहटका सामबाबु औजाद साउदी जान त्रिभुवन विमानस्थलको लाइनमा छन् । उनी कोभिड-१९ को महामारीकै बीच नेपाल आएका थिए । रौतहटका २७ वर्षीय औजादको बिदा सकिएकोले उनी शनिबार ट्रलीमा लगेज गुडाइरहेका थिए ।

सरकारले नियमित उडान नखुलाएपछि उनी चार्टड उडानमा एक लाख ६० हजार रुपैयाँभन्दा बढी टिकट मूल्य तिरेर जादै छन् । हिमालय एयरलान्यसको १० बजेको उडानमा उनी जाँदैछन् । साउदीस्थित स्टीलको कम्पनीमा काम गर्छन् ।


उनको जस्तै पिडा बाग्लुङ्का अर्जुन श्रेष्ठको पनि छ । कम्पनीले टीकट पैसाको पैसा नतिरे तीन महिनाको तलब जाने उनले सुनाए । पहिलोपटक विदेश जाँदा पनि यति धेरै पैसा तिर्नुपरेको नपरेको उनको गुनासो छ ।

सरकारको वैदेशिक रोजगारीमा जानेका निम्ती प्रस्ट नीति नबनाउँदा विमानस्थलदेखि विदेशी भूमिमा पाइला राखेदेखि सास्ती भोग्ने गरेका छन् ।

'विदेश नगए हामीलाई सरकारले पाल्दैन, 'हातमा टिकट लिएर लमजुङका महेश घिमिरे भन्छन्,' महामारीमा आफ्नो भविष्य र परिवारलाई सम्झेर मरुभूमिमा जाँदैछौ ।' उनी साउदी उकुगल्फ कम्पनीमा काम गर्छन् ।

सातामा एउटा उडान कतार र टर्कीको लागि मात्र छ । मलेसिया, युएई र साउदी जस्ता नेपाली कामदार भएका मुलुकमा उडान नहुँदा सयौँ श्रमिक टिकटको भारी मूल्य तिरी जान बाध्य छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x