प्रवास

बहराइनको अस्पतालले एक नेपालीको उपचारमा खर्च भएको ९४ लाख मिनाहा गर्‍यो

इकागज |
असार १०, २०७८ बिहीबार १८:५६ बजे

फाइल तस्बिर

काठमाडौँ : बहराइनको 'किङ हमद युनिभर्सिटी' अस्पतालले कोमामा एक वर्षदेखि उपचाररत एक नेपालीको उपचार खर्च मिनाहा गरेको छ । अस्पतालले ती नेपालीको उपचारमा खर्च भएको ९४ लाख रुपैयाँ मिनाहा गरेको हो । सन् २०२०देखि अस्पतालको कोमामा उपचाररत बिहीबार नेपाल फर्किएका छन् ।ती नेपालीलाई हिमायलयन एयरलायन्सको चार्टड उडानमार्फत नेपाल पठाएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उक्त अस्पतालले उनको उपचारमा लागेको (दिनार २८ हजार ९७४) नेपाली ९४ लाख रुपैयाँ मिनाहा गरेकोमा दूतावासले आभार व्यक्त गरेको छ । उनलाई लिएर सरकारी निकायका कर्मचारी, अस्पतालका चिकित्सक, नर्सिङ सुपरभाइजर, अब्दुलहुसेन अहमीद अली अब्दुलनाबी र उडानको व्यवस्था मिलाउने हिमालय एयरलायन्सलाई दूतावासले धन्यवाद व्यक्त गरेको छ ।



Author

थप समाचार
x