गजल मुशायरा दशौँ वर्षमा, अस्ट्रेलिया भरका गजलकार सिड्नीमा जम्मा हुँदै
काठमाडौँ- सन् २०१४ देखि हरेक वर्ष मोती जयन्तीको अवसरमा सिड्नीमा आयोजना हुँदै आएको सम्पूर्ण गजल कार्यक्रम 'गजल मुशायरा' दशौँ वर्षमा प्रवेश गरेको छ ।
दशौँ वर्ष पुगेको अवसरमा मुशायराको तेर्हौं श्रृंखला “गजल मुशायरा २०२४” आगामी २२ सेप्टेम्बरमा मुशायरा परिवारको आयोजनामा सिड्नी हर्स्टभिलस्थित सिभिक थिएटरमा आयोजना हुने भएको छ । मुशायराको टाइटल स्पोन्सर धुर्सन कन्स्ट्रक्सन र लिलिह्वाइट रियल इस्टेटले गरेको छ ।
नेपाली गजल लेखन र वाचनको एउटा साझा र लोकप्रिय थलोको रुपमा गजलप्रेमी माझ लोकप्रिय रहेको गजल मुशायराको यो नियमित शृंखला यसअघि सिड्नीमा सात वटा र सिड्नीबाहिर ब्रिसबेनमा दुई र एडिलेडमा यौटा, मलेसियामा यौटा र नुवाकोटमा यौटा र अल्बेरीमा यौटा कार्यक्रम सम्पन्न भएको थियो ।
“गजल मुशायरा परिवार” का कार्यक्रम र नियमित गतिविधि सिड्नीमा हरेक वर्ष आयोजना हुने गरेको छ । “गजल मुशायरा” को संयोजन हाल अष्ट्रेलियाको सिड्नीमा रहदै आएका गजलकार जितेन्द्र मल्लले गर्दै आएका छन् ।
मुशायराले हालसम्म ९१० सर्जकहरुलाई गजल लेखनमा प्रोत्साहनस ९२० वटा कार्यक्रमसहित गजल सुन्ने/सुनाउने परिपाटीको विकास ९३० नेपाली गजललाई प्रकाशन गरेको छ । मुशायरा परिवारले विश्वभर छरिएर रहेका १४० गजलकारसँग समन्वय गरेको छ । नेपाली गजलको विकासमा लागि परेका अन्य संस्थाहरु र व्यक्तिहरुसित सहकार्य गरेर गजल प्रबर्धनमा थप टेवा प्रदान गर्ने उद्देश्य रहेको संयोजक मल्लले बताए ।
'गजल मुशायरा यस्तो कार्यक्रम हो जसमा कुनै पनि अनावश्यक औपचाकरिता समावेश गरिएको हुँदैन। गजल मुशायरामा गजलकारहरु मात्र स्टेजमा जान्छन् किनकि यो गजल कार्यक्रम हो,' कार्यक्रमका संयोजक जितेन्द्र मल्लले भने । सन् २०१४ मा पहिलो पटक गजल मुशायरा कार्यक्रम आयोजना गर्दा साहित्यिक कार्यक्रम संधै परम्परागत शैलीमा गर्नुपर्छ भन्ने छैन भन्ने उद्देश्यका साथ फरक र आकर्षक शैलीमा कार्यक्रम प्रस्तुत गरिएकोमा हाल यो शैली अन्य साहित्यिक कार्यक्रममा पनि शुरु भएकोमा उनले खुशी व्यक्त गरे ।
“गजल मुशायरा” को सिड्नीमा आयोजना हुने बार्षिक शृंखलामा सिड्नी बाहिरका गजलकारहरु लाई समेत समाबेश गर्ने प्रयास हुँदै आएकोमा अहिलेसम्म वेस्टर्न अष्ट्रेलियाको पर्थ, भिक्टोरियाको मेलबर्न, तास्मनियाको लंसेस्टन, न्यू साउथ वेल्सको अल्बेरी एवम क्विन्सल्याण्डको ब्रिसबेन र सनसाइन कोष्टबाट गजलकारहरुले सहभागिता जनाएको उनले जानकारी दिए ।
मुशायराको दश वर्ष पुगेको अवसरमा आयोजना हुन लागेको दशौं वार्षिकोत्सवको कार्यक्रममामा गजल मुशायरामा वाचन गरिएका गजलहरू सहितको यौटा ऐतिहासिक दस्तावेज “गजल मुशायरा विशेषाङ्क २०८१” को लोकार्पण गरिने उनले बताए ।
'गजल मुशायराको यो श्रृंखला दशौं वर्ष विशेष श्रृंखला हुनेछ, जसमा अस्ट्रेलियामा रहेका २२ जना गजलकारहरुले २/२ वटा गरी ४४ वटा गजल वाचन गर्नु हुनेछ,' संयोजक मल्ले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया