प्रवास

'कोभिड-१९का कारण विदेशमा  ६ लाख नेपालीले रोजगारी गुमाए'

मञ्‍जु गुरुङ |
मंसिर १३, २०७७ शनिबार १५:९ बजे

दक्षिण कोरिया : विश्वभरी छरिएर रहेका नेपालीहरू मध्ये करिब ६ लाख  कोभिड-१९ महामारीमा रोजगार गुमाएको छ । एनआरएनए कोरियाले आइतबार सोलमा आयोजना गरेको पहिलो वार्षिक साधरणसभामा यो विषय उठेको हो । 

साधारणसभामा मन्तव्य राख्दै केन्द्रीय उपाध्यक्ष डा. बद्री केसीले यो जानकारी दिएका हुन् । यसरी रोजगार विहिन भएका नेपालीहरु हालसम्म करिब १ लाख ३५ हजार नेपाल पर्केको र ५देखि ६ लाख नेपालीहरु फर्कन लागेको तथ्यकं उपाध्यक्ष केसीले उल्लेख गरे । विदेशबाट नेपाल फर्केकाहरुको श्रम र शिपलाई व्यवस्थीत गरी पुनस्थापना गर्न एनआरएनएले आगामी ६ महिना भित्र नेपालमा रोजगार भेलाको आयोजना गरिने जानकारी पनि दिए । 


कोभिड महामारीका कारण विदेशमा अलपत्र परेकाहरुलाई सहयोग गर्न बैदेशिक रोजगार कल्याणकारी कोषबाट ७२ करोड रकम छुट्याइएको जानकारी दिँदै सो रकम दूताबास मार्फत् प्रयोग गर्न सकिने निर्देशिमा तारी भइरहेको स्पष्ट पारे ।  विश्वभरीका समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्न एनआरएनएका २५ सय स्वयमसेवी खटिनुका साथै करिब २५ करोड रकम र २ लाख भन्दा बढीले प्रत्यक्ष सहयोग पाएको उनले जानकारी दिए ।  

त्यस्तै केन्द्रिय कोषाध्यक्ष महेश श्रेष्ठले एनआरएनएलाई आर्थिक अनुसाशन र  पारदर्शिता बनाउने नीतिमा सुधार गर्दै अन्तराष्ट्रिय कानुनसँग मेल खानेगरी अडिट कमिटीहरु बनाएर प्रत्येक तीन महिनामा प्रतिवेदन प्रस्तुत गर्ने बनाउन लागेको जानकारी दिए । विदेशका शिप, पुंजी र प्रविधिलाई नेपाल भित्राउन दक्षिण कोरियाको मुख्य भुमिका रहेको भनाई राखे । 

साधरणसभामा कोरियाका लागि कार्यबाहक राजदूत राम सिंह थापाले नेपालीहरुकै लापरवाहीका कारण नेपाललाई कोरोना प्रभावको उच्च जोखिममा राखेकोले नेपालबाट आउने नयाँ इ नाइन भिषा र कमिटमेन्ट कामदारलाई गरिएको अवरोधलाई हटाउन दूताबासले पहल गरिरहेको जानकारी गराए । त्यस्तै साधरणसभामा कोरियन सत्ताधर पार्टीका बहुसांस्कृतीक विभागप्रमुख संसद गो योइ०जिनले कोरियाको आर्थिक विकासमा नेपालीहरुले पुराएको योगदानको कदर तथा घाइते र मृत्यु भएकाहरुमा दुःख व्यक्त गर्दै अन्यय र विभेदविरुद्ध सँगै अघि बढ्ने प्रतिवद्धता जनाए । 


Author

मञ्‍जु गुरुङ

गुरुङ दक्षिण कोरियास्थित इकागज स‌ंवाददाता हुन् ।


थप समाचार
x