प्रवास

साउदीमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

इकागज |
फागुन ८, २०८१ बिहीबार ७:३९ बजे

साउदी अरब- राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा साउदी अरबको रियादस्थित नेपाली राजदूतावासमा बुधबार एक कार्यक्रम आयोजना गरियो ।

नेपालको राष्ट्रिय झन्डा फहराएर प्रारम्भ भएको उक्त कार्यक्रममा साउदी अरबका लागि नेपालका राजदूत नरेशविक्रम ढकालले प्रजातन्त्र प्राप्तिका लागि शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलगायत सहिदहरुले गरेको योगदानको स्मरण गरे । 


उक्त दूतावासका अनुसार राष्ट्रिय गानबाट सुरु भएको सो कार्यक्रममा प्रजातन्त्र तथा नागरिक अधिकार प्राप्तिको लागि आफ्नो जीवन उत्सर्ग गरेका अमर सहिदहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । 


Author

थप समाचार
x