प्रवास

भेरोसेल वैदेशिक रोजगारमा जानेले पनि लगाउन पाउने

इकागज |
असार २८, २०७८ सोमबार १९:५५ बजे

काठमाडौँ : मंगलबारदेखि लगाइने 'भेरोसेल खोप' वैदेशिक रोजगारमा जाने श्रमिकले पनि पाउने भएका छन् । खोप अनिवार्य गरेका मुलुकमा जाने कामदारहरूले खोप पाउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागका अनुसार भेरोसेल खोप ५५ वर्षदेखि माथि उमेर समूहका मानिसलाई लगाइने भएको हो । विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरूले समेत पाउने भएका हुन् । यसअघि फ्रन्टलाइनको रुपमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र कर्मचारी लगायत अन्य उमेर समूहका मानिसले खोप पाइसकेका छन् ।  


भारतबाट खरिद गरेर १० लाख र केही दिनअघि चीनबाट ८ लाख खोप आयात गरिएको थियो । चीनबाट खरिद गरिएको सबै खोप साउन ८ गतेसम्म ल्याइने सरकारले जानकारी दिएको छ । भारतमा कोभिड संक्रमितको संख्या बढेकाले खरिद गरेको १० लाख 'कोभिसिल्ड' खोप आयात हुन सकेको छैन ।

 

 

 

 


Author

थप समाचार
x