जापानमा एकै दिन १० हजार कोरोना संक्रमित
जापान- टोकियो ओलम्पिक चलिरहेको जापानमा बिहीबार मात्रै १० हजार ६ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या एकै दिन भएको कोरोना संक्रमित हालसम्मकै धेरै हो । कोरोना संक्रमण बढेका कारण जापान सरकारले आपतकाल थप प्रिफेक्चरमा पनि गर्ने निर्णय गरेको छ ।
यसअघि ओकिनवा र टोकियो लागू भएको आपतकाल खानागावा, साइतामा, चिबा रओशाका प्रिफेक्चरमा पनि गर्ने भएको हो । आपतकालको समय अगष्ट २ देखि ३१ तारिखसम्म लागू हुने जापानी मिडियाले जनाएका छन् । प्रधानमन्त्री, स्वास्थ्य मन्त्रीसहितको अन्य मन्त्रीसँग बिहीबार भएको भेटवार्तापछि आपतकाल अरु प्रिफेक्चरमा पनि बढाउने निर्णय गरेको हो ।
त्यस्तै कोरोना संक्रमण बढेका अन्य प्रिफेक्चरमा अर्धआपतकाल घोषणा गर्ने समेत निर्णय गरेको छ । जापान सरकारले कोरोनाको सुरुवातदेखि बिशेष कानुन बनाएर आपतकाल घोषणा गरि कोरोना नियन्त्रणको प्रयास गरिरहेको छ । प्रधानमन्त्री सुगाले आपतकाल चौथो पटकको आपतकाल घोषणा गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया