प्रवास

बिहीबारदेखि नेपाली कामदार युएई जान पाउने

इकागज |
साउन १९, २०७८ मगलवार १९:३१ बजे

काठमाडौँ-  बिहीबारदेखि नेपाली कामदार युएई जान पाउने भएका छन् । युएईको भिसा प्राप्त गरेका र  युएईमै कोभिडविरुद्धको खोप लगाएका नेपाली कामदार जान पाउने भएका हुन् । युएईको भिसा भएको तर खोप नलगाएका सरकारी कार्यालयमा कार्यरत व्यक्ति,स्वास्थ्यकर्मी, विद्यालय र विश्वविद्यालयका शिक्षक, उपचार गराइरहेका व्यक्तिसमेत युएई जान पाउने युएईस्थित नेपाली दूतावासले जनाएको छ ।

युएई प्रवेश गर्न पहिचान तथा नागरिकताको लागि संघीय प्राधिकरणको अनुमति लिनुपर्नेछ । जानका लागि २४ घण्टभित्रको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने, नेपालको विमानस्थलमा एन्टिजेन्ट परीक्षण र युएईको विमानस्थलमा पीसीआर परीक्षण गर्ने भएको दूतावासले जानकारी दिएको छ ।


लामो पहलपछि महत्त्वपूर्ण निर्णय गरेकोमा युएई सरकारप्रति दूतावासले आभार प्रकट गरेको छ । कोभिड-१९ को महामारी सुरु भएपछि युएईले नेपाली कामदारलाई प्रवेशमा रोक लगाएको थियो ।

 


Author

थप समाचार
x