प्रवास

अस्ट्रेलियामा ओमिक्रोनबाट पहिलो पटक मृत्यु

इकागज |
पुस १२, २०७८ सोमवार १२:४४ बजे

सिड्नी- अस्ट्रेलियामा कोभिडको नयाँ भाइरस ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । न्यु साउद वेल्स राज्यमा ओमिक्रोनबाट एक ८० वर्षीय बृद्धको मृत्यु भएको हो ।

केयर फेसिलिटीमा संक्रमित उनको उपचारका क्रममा सिड्नीको एक अस्पतालमा मृत्यु भएको हो । पछिल्लो समयमा अस्ट्रेलियामा कोभिड संक्रमितको संख्या बढेको छ । संक्रमितको संख्या बढे पनि अस्पतालमा भर्ना हुने दर भने घटेको छ ।


अस्ट्रेलियामा कोभिडका कारण बन्द गरिएका सीमाना दुई वर्षपछि दुई साताअघि खुला गरिएको थियो । पछिल्लो समयमा ओमिक्रोन संक्रमित बढेसँगै सीमामा पुनः कडाई पार्ने बारेमा आवाज उठेको छ । एजेन्सी


Author

थप समाचार
x